Monday, July 22, 2013

सकियो सलमान साहरुख दुश्मनी, साहरुखले भने, ‘किताबको नयाँ पाना पल्टाउनु राम्रो’ (भिडियोसहित)

सकियो सलमान साहरुख दुश्मनी, साहरुखले भने, ‘किताबको नयाँ पाना पल्टाउनु राम्रो’ (भिडियोसहित)


आज भन्दा ठिक ५ बर्ष अघि नायिका कटि्रना कैफको बर्थडे पार्टीमा एकाएक बलिउडका दुई शक्तिशाली खान साहरुख र सलमान बिच झगडा भएको कुराले सनसनी मच्चायो । साहरुख र सलमानले एक अर्कालाई हातै हालेको खबरले बलिउड मात्र नभई विश्व बजारमा नै आगो लगायो ।बलिउडमा सलमान भन्दा ठिक २ बर्ष पछि प्रवेश गरेका साहरुख खान र विभिन्न बिषयले सधै चर्चामा आउने सलमान खानको लडाई यसपछि सुरु भयो । कटि्रना कैफको बर्थ डे पार्टीमा झगडा परेपछि सलमान र साहरुख एक अर्कासँग नजिक पनि हुन छोडे । सलमान र साहरुख बलिउडकै सबैभन्दा ठूलो दुश्मनको सूचिमा देखिए । विभिन्न कार्यक्रममा एक अर्कालाई व्यङग्य प्रहार गर्ने देखि लिएर आफूलाई बलिउडकै नम्बर १ भन्न दुबै पछि परेनन् ।

तर केही समय अघि नायक सलमान खानले ‘बीग बोस सिजन ६’ मा साहरुखको बिषयमा दिएको बयानले सबैलाई अचम्मित तुल्याएको थियो । तर पनि साहरुख र सलमान एक आपसमा मिल्ने कुनै छनक देखाएका थिएनन् ।५ बर्षपछि आखिर के भयो ?

आइतबार बेलुकी काग्रेसका विधायक बाबा सिद्दिकीले आयोजना गरेको पार्टीमा दुबै खान पुगेका थिए । साहरुख आउनु भन्दा करिब ३० मिनेट अघि सलमान उक्त पार्टीमा पुगेका थिए । सलमान भीआइपी टेबुलमा बसेर कुरा गरिरहेका थिए । त्यसको करिब ३० मिनेट पछि साहरुख उक्त पार्टीमा प्रवेश गरे । साहरुख आउनु अघि नै सलमान भीआइपी टेबुलबाट अर्को टेबलमा सरिसेकका थिए । साहरुख पनि भीआइपी टेबुलमा नै बसे र विभिन्न व्यक्तिहरुसँग कुरा गर्न थाले ।

त्यसको करिब ५ मिनेट पछि सलमान आफ्नो टेबुलबाट उठेर विभिन्न व्यक्तिहरुसँग कुरा गर्न थाले । उनी साहरुख नजिकैको टेबलमा आए र अन्य व्यक्तिहरुसँग हात मिलाए । त्यसलगतै जे भयो जसले उपस्थित पाहुनाहरुलाई पनि अचम्ममा पारिदियो । सलमानले साहरुखलाई पछाडीबाट पिठ्यूमा धाप मार्दै बोलाए । साहरुख पनि सलमान भएतिर फर्किए र उनलाई अंगालो मारे । यो ऐतिहासिक क्षण बलिउडका लागि सबैभन्दा खुशीको पल थियो । यसपश्चात साहरुख र सलमानले सँगै फोटो पनि खिचाए ।

साहरुख र सलमान अंकमाल गरेपछि सबैले ताली बजाए र स्वागत गरे । साहरुख र सलमानको यो मिलनले ५ बर्ष देखि चल्दै आएको दुइको युद्ध सकिएको बताइएको छ । अंगालो मारेपछि साहरुख सलमानका पितासँग लामो समय सम्म गफिएका थिए । साहरुख र सलमान पार्टीमा दुबै जना आउने बिषयको जानकारी अगि्रम थियो । झगडा भएसँगै यि दुइसँगै कार्यक्रममा जान इन्कार गर्दै आएका थिए ।

किन भयो साहरुख र सलमानको मिलन ?

साहरुख र सलमानको मिलन भएपश्चात यसले बलिउडमा विभिन्न खालका तर्क सिर्जना गरेको छ । यसलाई साहरुख र सलमानको मिलन भन्दा पनि सुरुवात भएको तर्क धेरैले दिएका छन् । यतिबेला बलिउडका दुबै खानलाई एक अर्काको सहयोग र आवश्यकता छ । गाडी चलाएर १ व्यक्तिको हत्या र ४ जनालाई घाइते बनाएको अभियोगमा बलिउड दबंग खान सलमान मुद्दा खेपिरहेका छन् । उनलाई १० बर्षको जेल सजाय हुन सक्ने सम्भावना पनि छ ।

सलमान यतिबेला आफूलाई यो मुद्दाको कारण एक्लो महशुश गरिरहेका छन् । यसैले पनि उनलाई यतिबेला साथीको आवश्यकता छ । सलमानलाई थाहा छ, उनलाई साथ र सहयोग गर्ने व्यक्ति बलिउडमा साहरुख मात्र छन् । ठूला ठूला बिषयलाई पनि सामान्य तबरले हल गर्न माहिर मानिएका साहरुखले सलमानलाई साथ दिनेछन् । उनको यो जीन्दगीकै सबैभन्दा ठूलो समस्यालाई हल गर्न साहरुखले महत्वपूर्ण भूमिका खेल्न सक्नेछन् । यसैले पनि सलमान साहरुखसँग दोस्ती गर्न अग्रसर देखिएका हुन् ।

अर्कोतिर साहरुख पनि सलमानसँगको दुश्मनीलाई सधैभरी अगाडी बढाउन चाहदैनथ्य । आफ्नो र सलमानको बिषयलाई सानो भन्दा सानो रुपमा जोडिएर मिडियाले उचाल्दा साहरुख पनि हैरानी थिए । यसैले उनले झगडा भए लगतै करण जोहरको एक कार्यक्रमबाट सलमानसँग माफी पनि मागेका थिए । अर्कोतिर साहरुख पनि बारम्बार ठूला ठूला लफडामा फसिरहेका छन् । साहरुखलाई थाहा छ, बलिउडमा उनी जस्तै शक्तिशाली व्यक्ति अर्को सलमान मात्र छन् । यसैले पनि दुबैलाई एक अर्काको आवश्यकता महुशश भएको देखिन्छ ।

अंकमाल पछि साहरुखले ट्विटरमा के लेखे ?

सलमान खानसँग ५ बर्षसम्म चलेको दुश्मनीलाई एक कोणबाट समाप्त पारेपछि बलिउड बादशाह साहरुख खान पनि खुशी छिन् । उनले आफ्नो ट्विटर एकाउन्टमा ट्विट गर्दै भनेका छन्, ‘नयाँ पानाको सुरुवात गर्नु संसारकै सबैभन्दा राम्रो अनुभव हो । किनभने किताबमा धेरै नयाँ कुराहरु समावेश हुन्छन् यसैले एउटै पानामा अल्भिmनु राम्रो हुदैन ।’

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete