Thursday, July 18, 2013

जानाजानी भीरमाथि बसेर…घाइते भा’की छु.. जुवाखालबाट गायिका थापा पक्राउ

जानाजानी भीरमाथि बसेर…घाइते भा’की छु..
जुवाखालबाट गायिका थापा पक्राउ


मलाई यति हुन लेखेको,
नरोई सुख्ख के पाउँथे निरमाया,
उही दिनमा रुन लेखेको,
जानाजानी भीरमाथि बसेर,
आज घाइते भा’की छु खसेर ।

काठमाडौं, ३१ असार । लोकगायिका सिर्जना ‘विरही’ थापा  (यो लिङकमा पनि हेनुर्स) जुवा खेल्ने क्रममा राजधानीबाट पक्राउ परेकी छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले समाखुसीको भण्डारी टोलस्थित मल्टी पर्पोज मेनपावरको माथिल्लो तलामा सञ्चालित जुवाखालमा छापामारेर थापासहित सातजनाको समूहलाई पक्राउ गरेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी सुबोध घिमिरेले जानकारी दिए ।
जुवाखालबाट प्रहरीले जुवा खेल्न प्रयोग हुने क्वाइनपनि बरामद गरेको छ । योसहित सिर्जना जुवा खेल्ने क्रममा दोस्रो पटक जुवाखालबाट पक्राउ परेकी हुन् । सो स्थान मिनी क्यासिनो जस्तै रहेको प्रहरी भनाई छ ।
मेनपावरको माथिल्लो तलालाई क्यासिनोजस्तै बनाएर जुवा खेलाइएको अवस्थामा आइतबार बेलुका छापामारेर प्रहरीले सृजनासहितका सात जनालाई पक्राउ गरेको हो ।
जुवाखालबाट तीनलाख तीनहजार रुपियाँ नगद, ७६ वटा क्वाइन, एउटा पाँचलाखको चेक तथ अर्को खाली चेक पनि बरामद भएको छ ।

गायिका थापा पटक–पटक विवादमा मुछिँदै आएकी छन् । केही महिना अघि पनि उनी ढुकुटी प्रकरणमा झण्डै दुई दिन हनुमानढोका हिरासतमा बिताई सकेकी छन् ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete