Wednesday, July 17, 2013

यौन उत्तेजना बढाउने औषधिको खुलेआम बिक्री

यौन उत्तेजना बढाउने औषधिको खुलेआम बिक्री

नेपालमा प्रतिबन्धित रहेका भारतमा निर्मित यौन उत्तेजना बढाउने औधषिहरू यहाँ खुलेआम बिक्री हुने गरेका छन् ।

जनकपुरमा अनियमित तवरले यौन क्षमता बढाउने औषधि प्रयोग गर्नेको सङ्ख्या वृद्धि हुन थालेपछि यहाँका औषधि व्यवसायीले यस्ता औषधि खुलेआम बिक्री गर्न थालका हुन् ।

चिकित्सकको सल्लाहबिना यौन क्षमता अभिवृद्धि गर्ने औषधिको अनियमित प्रयोग गर्नेको सङ्ख्या विगत एक वर्षयतादेखि बढ्दै गएको औषधि पसलेको भनाइ छ ।

यहाँका औषधि पसलमा यौन उत्तेजना बढाउने औषधि खरिदमा ४० देखि ७० वर्षसम्मका मानिस रहेको राममन्दिर पछाडि रहेको एक औषधि पसलेले बताए ।

दैनिकजसो यौन क्षमता बढाउने खालका औषधि भियाग्रा, आइमा, टेनटेक्स, डाक्टर एक्स, म्यान फोर्स, मेडिग्रालगायतका औषधि अत्यधिक बिक्री हुने गरेको बताइन्छ ।

यहाँका औषधि पसलमा सरदर ५०० देखि एक हजार जनाले दैनिक यौनबद्र्धक औषधि खरिद गर्ने गरेको पसलेहरू बताउँछन् ।

चिकित्सकको सल्लाहबिना युवायुवती तथा वृद्धहरूले स्थानीय औषधि पसलबाट यस्ता यौनबद्र्धक औषधि प्रयोग गर्दा स्वास्थ्यमा समेत नराम्रो असर पर्ने भए पनि यसको प्रयोग बढिरहेको देखिएको छ ।

यस्ता औषधिको जथाभावी प्रयोगले मुटुको समस्या, ब्रेन ट्युमर, आँखाको समस्या, श्रवणशक्ति कमजोर हुने, टाउको दुख्ने र बान्ता आउने हुन्छ । जनकपुर अञ्चल अस्पतालका मेडिकल अधिकृत डा सुरेन्द्रकृमार कर्ण भन्नुहुन्छ – यस्ता औषधिको जथाभावी प्रयोग मुटुरोगी, मिर्गाैला रोगी र लिभर रोगीलाई घातक हुनसक्छ ।

स्त्रीरोग विशेषज्ञ डा वीरेन्द्र साह गैर कानुनीरुपमा यस्ता औषधि बिक्री गर्ने औषधि पसललाई राज्यले कारबाही गर्नुपर्छ भन्नुहुन्छ ।

चिकित्सकहरू भन्छन् – यौनबद्र्धक औषधिको अन्धाधुन्द प्रयोगले पुरुषको स्वास्थ्यमा त असर पार्छ नै महिलाले यसको प्रयोग गरेमा रक्तश्रावजस्तो जटिल समस्या आउने सक्छ । रासस

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete