Thursday, July 11, 2013

यौन क्रान्ति ल्याउने भियग्रा खुल्लामखुल्ला

यौन क्रान्ति ल्याउने भियग्रा खुल्लामखुल्ला संसारभर यौन क्रान्ति ल्याउने औषधी भियग्रामाथिको फाइजर कम्पनीको पेटेन्ट आजबाट समाप्त हुने भएको छ । यसपछि अब यो औषधी जसले पनि बनाएर संसारभर बेच्न सक्नेछ । नीलो रङ्गको यो सानो चक्की १५ वर्षअघि बजारमा ल्याइएको थियो । मूलतः हृदयरोगीका लागि बनाइएको यो गोलीको साइड इफेक्टले साइड इफेक्ट्सलाई नै मुख्य उद्देश्य बनाएको थियो । मुटु रोगीले यो चक्की प्रयोगका गर्ने क्रममा पुरुषको लिङ्गको शिथिलता हटाउने साइड इफेक्ट देखिएपछि त्यसैको औषधिका रुपमा यो चक्की प्रयोगमा स्थापित भएको हो ।फाइजर कम्पनीले भने मुटु रोगीको चलिरहेको मुटुको सख्त नशालाई शिथिल बनाउन यो औषधि उत्पादन गरेको थियो । औषधि मानिसमा प्रयोग गर्ने क्रममा फाइजर कम्पनीले आशा गरेभन्दा फरक परिणाम हात परेको थियो । आफ्नो उद्देश्यमा सफल नभएपछि फाइजरले यस्को उत्पादन बन्द गर्नै लागेको थियो । तर, परीक्षणमा साथ दिइरहेकाहरुले यसको साइड इफेक्टका बारेमा बताए । त्यसपछि त्यही साइड इफेक्ट संसारभरका पाका पुरुषहरुा यसको लोकप्रियता ह्वात्तै बढ्यो । तर, यसको किन्नेमा युवा पुरुषको संख्या पनि कम थिएन । आफ्नो सुरुवाती फाइजर कम्पनीको यो सानो चक्कीले दश वर्षमा ३० करोगड पुरुषलाई सहयोग गरेको छ । त्यसो त संसारको इतिहासमा यस्तो पहिलो पटक भने भएको होइन । फरक उद्देश्यका लागि उत्पादन गरिएको औषधि फरक रोगका लागि प्रयोग भएका धेरै उदाहरण छन् । भियग्राजस्तै अस्थमाको उपचारमा सुँघाइने एउटा औषधि भेन्टोलिन समय पूर्वको प्रशव रोक्नका लागि पनि काम लाग्दछ । यस्तै विगतमा विषालु मानिने आर्सेनिकलाई ल्युकेमियाजस्तो घातक रोगको उपचार पनि प्रयोग गरिन्थ्यो । एजेन्सी

No comments:

Post a Comment