Thursday, July 18, 2013

शारीरिक शोषणको प्रस्ताव आएको छैन’ ‘कला क्षेत्रलाई बदनाम रुपमा बुझ्नु हुँदैन’

शारीरिक शोषणको प्रस्ताव आएको छैन’
‘कला क्षेत्रलाई बदनाम रुपमा बुझ्नु हुँदैन’

काठमाडौं । कला र संगीतमा मानिस रहरले लाग्छ र त्यसको रस पस्दै गएपछि त्यसैलाई व्यवसाय बनाउँछ । ठयाक्कै यस्तै भएको छ गायन क्षेत्रकी नवप्रवेशी रितिका कुवँरलाई । रहरले आफ्नो शिक्षण पेशा त्यागेर शिक्षण गर्दाखेरीको पारिश्रमिक संकलन गरी काठमाडौं आउने निधो गरिन् ।
तर, उनले गायनको यात्राको विजारोपण गर्दाखेरी नै ‘पहिलो गासमै ढुङ्गा’ भने झै अवरोध आयो । विक्रम संवत् २०६९ साल माघ एकगते गृह जिल्ला दाङबाट काठमाडौं आउँदै गर्दा बाटोमा गाडीमा गीत निकाल्न ल्याएको ५० हजार रुपियाँ हरायो । उनले हरेस खाइनन् ।
काठमाडौं आइन् र संघर्ष गरेर अहिलेसम्म उनले ५ गीत बजारमा ल्याईसकेकी छन् ।
गोविन्द मधुर आचार्यको शब्द र संगीतमा ‘मेरो लाली ओठ’ र ‘आजकालका ठिटा’ मनोहर सोनामको संगीत तथा सन्तोष पाण्डेको शब्दमा ‘उर्लेको बैंस’ बोलका गीत उनका बजारमा आइसकेका छन् । ‘बनाउ संविधान….’ बोलको तीजको गीत र गोविन्द मधुरकै संगीत र सुमन केसीको शब्दमा ‘तिम्रो मन…’ बोलको गीत बजारमा ल्याउने तयारीमा रितिका छिन् ।
दुईदशक पार गरेकी रितिका दाङको घोराही नगरपालिका–६, मसिनामा जन्मेकी हुन् । उनले स्नातक तहको अध्ययन गर्दै छिन् ।
‘रहरले गाउन शुरु गरे,’ उनले भनिन्, ‘अब गायनलाई व्यवावसायिक रुपमा अघि बढाउँछु ।’
शुरुमा त गायन पेसामा आउँदा आफ्टेरो भयो रे, उनलाई ।
‘पहिला रहरले यस क्षेत्रमा आइयो,’ उनी भन्छिन्, ‘अब त रस पसेपछि छोड्न सकिन्न व्यवसाय नै यसैलाई बनाउने मोडमा पुगेकी छु ।’
तर, अफ्टेरोको प्रवाह नगरी काममा लगनशील भएपछि सहज बनाउन सकिने उनको तर्क छ ।
सेक्सलाई प्रकृतिको देन सम्झने रितिकाले यसलाई गलत रुपमा बुझ्न नहुँने बताउँछिन् । ‘सेक्स प्राकृतिक देन हो,’ उनले भनिन्, ‘यसलाई अन्यथा लिनु हुँदैन ।’
गीतसंगीतमा लागे पछि शारीरिक शोषण भएको छ ? भन्ने प्रश्नमा गायिका रितिकाले अहिले सम्म त्यसको सामना गर्न नपरेको दाबी गरिन् । उनले भनिन्, ‘अहिले सम्म शारीरिक शोषणको प्रस्ताव आएको छैन ।’
शुरुका दिनमा परिवारको गतिलै असहयोग पाएकी रितिकालाई अहिले भने सबैको सहयोग छ । ‘शुरुमा त खुबै असहयोग भयो,’ उनको भनाई छ, ‘अहिले त परिवारबाट सहयोग मिल्न थालेको छ ।’
कला क्षेत्र त बद्नाम छ नि ? भन्ने जिज्ञासामा गायिका रितिकाले भनिन्, ‘कला क्षेत्रलाई बद्नाम रुपमा बुझ्नु हुँदैन ।’
उनले कलाकारितामा लागे पछि सबैसँग बोल्नु पर्ने बाध्यता रहेको भन्दै त्यसैलाई बद्नामका रुपमा लिन नहुँने बताईन् । ‘यसलाई उछृङ्खलताका रुपमा बुझ्नु भएन,’ उनले भनिन्, ‘मान्छेले बुझे अनुसार होइन कला क्षेत्र ।’
कसैले गल्ती गर्‍यो भनेर सबै कलाकारलाई एउटै घानमा राख्न नहुने रितिकाको भनाई छ ।
कला क्षेत्रबाटै मेलवा देवी, तारा देवी, नारायण गोपाल, प्रमेध्वज प्रधान जस्ता राम्रा कलाकारको जन्म भएको उदाहरण दिईन् ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete