Saturday, July 13, 2013

नेपालीहरुको,कुमार र भर्जिन भेट्नै गाह्रो


नेपालीहरुको,कुमार र भर्जिन भेट्नै गाह्रो

यौनका विषयमा नेपाली समाज अहिले पनि त्यति उदार छैन | यसलाई लज्जाको विषय बनाएर चर्चा गरिन्छ अनि यौन सम्बन्धी समस्या भएमा पनि चिकित्सकसंग समेत यस बारेमा खुलस्त कुरा गर्न युवायुवतीहरु आनाकानी गर्छन् | जब समस्याले जटिल रुप धारण लिन पुग्छ तबमात्र बाध्य भएर यौन परामर्शदाता र चिकित्सकहरुसंग युवायुवती पुग्ने गरेको चिकित्सक र परामर्शदाताहरु बताउछन् |
यौनका बारे रहने कौतुहल,देखासिकी,सरसंगत र आफ्नै रहरका कारण समेत युवा पुस्ता यौन विकृतिमा फस्न पुगेको छ | विभिन्न अध्ययनले के देखाएको छ भने शहरिया पुस्ता यौनको मामिलामा निकै अगाडी बढेको छ | यसो हुनुमा इन्टरनेट,टिभी र अन्य संचार माध्यमको कारण भएको पनि अध्ययनहरुको निष्कर्ष रहेको छ | यस्तो पुस्ता कम उमेरमै यौन सम्पर्कमा संलग्न हुने,यौन विकृतिमा फस्ने जस्ता समस्या पनि देखिएको छ |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै पहिलोपटक गरेको नेपालीहरुको यौन जीवन सम्बन्धी एक अध्ययनले किशोरवयमै यौन सम्पर्क राख्ने किशोर किशोरीहरुको संख्या बढ्दै गएको देखाएको छ | १० देखि २४ वर्ष उमेरका १४ हजार सात सय ५४ किशोरकिशोरीलाई सहभागी बनाएर गरिएको यस्तो अध्ययनमा १८ वर्ष नपुग्दै यौन सम्पर्क राख्ने पुस्ताको संख्या निकै बढी रहेको छ | त्यतिमात्र होइन अध्ययनमा सहभागी मध्ये सात प्रतिशतले त १५ वर्ष नपुग्दै आफुले शारीरिक सम्पर्क राखेको बताएका थिए |


कुमार र भर्जिन भेट्नै गाह्रो
सहभागीहरुसंग गरिएको अध्ययनमा के देखियो भने ७२ प्रतिशत किशोरकिशोरीहरु शारीरिक सम्पर्कमा छन् | यसरी शारीरिक सम्पर्क गर्नेहरु मध्ये २४ प्रतिशतले आफ्ना ब्वाइफ्रेन्ड वा गर्लफ्रेन्डसँग सहवास गर्ने गरेको बताए भने तीन प्रतिशतले चाहिं चिनजानकासंग यौन सम्पर्क भएको बताए | तर किशोरवयमै यसरी यौन सम्बन्धमा रमाउनेहरु मध्ये अधिकांश त सुरक्षित यौन सम्पर्कका बारे बेखबर रहेको समेत देखियो | केवल ११ प्रतिशतले मात्र सुरक्षित यौन सम्पर्क बारे आफुहरु जानकार रहेको बताएका थिए | यसरी विवाहपूर्व नै यौन सम्बन्ध राख्ने युवायुवतीको संख्यामा बढोत्तरीसंगै अबको पुस्तामा कुमार युवा र भर्जिन युवती नै भेट्न गाह्रो हुने सम्भावना बढ्दै गएको छ

No comments:

Post a Comment