Wednesday, July 17, 2013

दीपिकाको जवानी झन् उक्लँदो क्रममा


दीपिकाको जवानी झन् उक्लँदो क्रममा

काठमाडौ, श्रावण १ - दीपिका पादुकोण यतिबेला बलिउडकी जल्दिबल्दी नायिका । पछिल्लो फिल्मको सफलताले उनको करिअर नै जवान बनाइदिएको छ । तर पनि उनी मात्तिएकी छैनन् । फिल्म चल्नु वा नचल्नुभन्दा पनि दर्शकको प्रशंसा र मायालाई नै ठूलो सफलता मान्छिन् उनी । युवतीका लागि प्रेरणा अनि युवाका लागि प्यारी दीपिकालाई आफू भने साधारण, घर गृहस्थीमा रमाउने युवती मात्रै मान्छिन् रे ।


'धेरै युवतीहरू मजस्तै बन्न लालायित हुन्छन् रे, तर म यस्तो मान्दिनँ,' दीपिकाले भनिन्, 'अरूजस्तो होइन, आफूजस्तो बन्नुपर्छ । अरूको देखासिकी गर्ने हो भने त यहाँ कति कलाकार छन्, सेलिबि्रटी छन् । म पनि कोही जस्तो बन्न नक्कल गर्दिनँ ।' कामप्रति लगावकै कारण आफू टप पोजिसनमा पुगेको मान्ने उनले फिल्मी दुनियाँ भने बाहिरबाट देखेजस्तै ग्ल्यामरस नभएको टिप्पणी गरेकी छन् ।
उनले भनिन्, 'मुभी स्टार हुनु सजिलो छैन । धेरै सम्झौता र त्याग गर्नुपर्छ । यो करिअर एकदमै उच्च र न्यून बिन्दु दुवैमा पुग्न सक्छ । त्यसैले हमेसा समयको मूल्यांकन गर्न सक्नुपर्छ ।' उनले यस क्षेत्रमा खुट्टा तान्नेको कमी नभएको स्वीकार गर्दै आफूले बलियो मन गर्न सके मात्रै त्यस्ता मान्छेको असर पर्न नसक्ने बताउँछिन् । 'सेलिबि्रटी भएपछि तपाईंका बारेमा लेखिन्छ । यो खुसीकै कुरा हो । तर त्यति नै मात्रामा हुँदै नभएका असत्य र कपोलकल्पित कुरा पनि लेखिन्छ र तल झार्ने प्रयास गरिन्छ,' नायिकाले दुःखेसो पोखिन् । प्रायः कोही न कोहीसँग उनको नाम जोडिने गर्छ । यति बेला रणवीर कपुरसँग उनको हिमचिमबारे खबरहरू आइरहेका छन् ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete