Thursday, July 11, 2013

नायिका रेखा थापाले पुन: बिबाह गरिन


नायिका रेखा थापाले पुन: बिबाह गरिन


काठमाडौँ २७ असार, केहि समय अघि मात्रै एनेकपा( माओवादीमा प्रवेश गरेकी नायिका रेखा थापाले हिजो २६ गते अचानक बिबाह गरेकी छिन । रेखाले गरेको यो बिबाह कुनै फिल्मका लागि पनि हैन तर उनको गरेको बिबाह कुनै केटासंग पनि हैन । रेखाले ज्योतिषको सल्लाह बमोजिम आज
हाँडीगाउँ स्थित (वृक्ष) वरसँग लगनगाँठो कसेकी हुन् । निर्माता छविराज ओझासँग पती पत्नीको सम्बन्ध त्यागेकी रेखाले वरसँगको विवाह यज्ञमा एघार जना पुरोहितलाई कर्मकाण्ड गर्न लगाएर बारलाई माला लगाएकी थिइन् । बिहेको यज्ञ दिनभर जसो चलेको थियो । वरसँग रेखाको विहेमा कालीका नायक किशोर खतिवडा र प्रोडक्सन म्यानेजर किरण थापा लगायत उपस्थित थिए ।

आफु धर्ममा विश्वास गर्ने हिन्दु नारी भएकोले ज्योतिषको सल्लाह अनुसार बिबाह गरेको भन्दै रेखाले पहिलो श्रीमान छबी ओझा संग भने संगै बसेको मात्रै भएको र अब रियल बिबाहका बारेमा भने केहि समयपछिमात्रै सोच्ने बताएकी छिन ।

No comments:

Post a Comment