Friday, July 5, 2013

राजेशको कवितामा करिश्माको चुम्बन, अरुणिमाको नग्नता(भिडियो)

राजेशको कवितामा करिश्माको चुम्बन, अरुणिमाको नग्नता(भिडियो)

‘तिमी आउने खबर लगभग लगभग आइसकेको थियो, हावा नै मात्तिएर मगमग मगमग बासना ल्याइसकेको थियो’ भन्दै नायक राजेश हमाल कविता कोर्दै छन् । राजेशको कवितामा दुई पात्र छन् । एकातिर ८० को दशकको गेटअपमा नायिका करिश्मा मानन्धर राजेशलाई चुम्बन गर्दैछिन् । अर्कोतिर २१ औ शताब्दीको युवतीको भूमिकामा नव नायिका अरुणिमा लामा आफ्नो नाङ्गो शरिर हमाल माँझ प्रदर्शन गर्दैछिन् ।उकेश दाहालको निर्देशनमा तयार भएको चलचित्र ‘किन किन’मा यस्तै बिषयवस्तुलाई समावेश गरिएको छ । नायक हमाल करिश्मा र अरुणिमा दुबै नायिकासँग विभिन्न स्टाइलमा मस्ती गरिरहेको समयमा भेटिनेछन् ।

चलचित्रको निर्माणपक्षले राजेशको कवितालाई मुख्य आकर्षण बनाएर नयाँ प्रोमो सार्वजनिक गरेको छ । जहाँ राजेशको कवितामा करिश्मा र अरुणिमाको आ आफ्नै स्टाइल देख्न सकिन्छ । चलचित्रमा राज तिमिल्सिना, शशी खड्का, सुवास थापालाई पनि देख्न सकिन्छ । चलचित्रले उठान गर्न खोजेको बिषयको बारेमा निर्माणपक्षले केही पनि बोलेको छैन ।

No comments:

Post a Comment