Monday, July 8, 2013

''३० सेकेण्डको बेड सिनमा किन देखिइन् प्रियंका ?''

''३० सेकेण्डको बेड सिनमा किन देखिइन् प्रियंका ?'' ''प्रियंका कार्कीलाई सिने नगरीमा भाग्यमानी नायिकाको रुपमा लिइन्छ । उनले आजसम्म अभिनय गरेका कुनै पनि चलचित्रले सिने बजारमा कमाल गर्न सकेका छैनन् । तर पनि लगालग सिनेमा खेल्ने नायिकाको सुचिमा उनी 'अग्रपंक्तिमा आउँछिन् ।शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘कर्कश’मा प्रियंकालाई अनौठो भूमिकामा देख्न सकिन्छ । ‘कर्कश’को अन्तिममा प्रियंकाले कलाकार दयाहाङ राइसँग बेड सिनको दृश्य दिएकी छिन् । चलचित्र हेर्न पुगेका दर्शक अन्तिम दृश्यमा पि्रयंकालाई देख्दा आश्चर्यमा पर्छन् । तर नायिका कार्कीले चलचित्रमा छोटो बेडसिनमा किन अभिनय गरिन् भन्ने प्रश्न पनि धेरैले तेर्साएका छन् । अनलाइनखबर बाट साभार गरिएको। '' चलचित्रको अन्त्यमा दयाहाङ राइको घरबेटीको रुपमा देखिएकी प्रियंकाले यति छोटो भूमिका खेल्नुको कारण पक्कै पनि केही होला । तर अहिलेकी चल्तीकी नायिकाले चलचित्रको पर्दामा ३० सेकेण्ड देखिएर दर्शकलाई आश्चर्यमा पार्न मात्र खोजेकी हुन् या अरु नै कारण होला, सबैले यस्तै प्रश्न गरिरहेका छन् । चलचित्र ‘कर्कश’ हाल देशभर चलिरहेको छ । चलचित्रले शुक्रबार र शनिबार राम्रो व्यापार गरेको बताइएको छ । तर आइतबार भने नेपाल बन्दका कारण यो चलचित्रको व्यापारमा असर परेको छ । विभिन्न जानकारीको लागि तलको बक्समा क्लिक गर्नुहोस।''

No comments:

Post a Comment