Tuesday, July 2, 2013

झाडीमा सम्भोग गर्दा सिंहले झम्टेपछि युवतीको ज्यान गयो

झाडीमा सम्भोग गर्दा सिंहले झम्टेपछि युवतीको ज्यान गयो आखिर प्रेममा सँगै बाँच्ने र सँगै मर्ने कसम खाने तथा एक अर्काको लागि ज्यानै दिने भन्ने बाचा केवल भन्ने कुरा न हुन् । भलै सच्चा प्रेमजोडीका लागि नहोला तर जिम्बाबेका एक स्वार्थी प्रेमीको हकमा भने यो कुरा सत्य सावित भएको छ । उक्त स्वार्थी प्रेमीले आफ्नी प्रेमिकालाई जंगलको बीच झाडिमा लगेर यौनक्रिडा गर्यो । जब मृत्यु नजिक आयो, तब प्रेमिकालाई मारिनका लागि एक्लै छाडेर आफु कुलेलम ठोक्यो । समाचार अनुसार ती युवती आफ्नो प्रेमीको आग्रह मुताविक जंगलभित्र पुगेर झाडीमा प्रेमीसँग सम्भोग क्रियामा जुटेकी थिइन् । विचरा ती युवतीलाई के थाहा उनका लागि त्यो जिवनको अन्तिम सम्भोग थियो र केहीबेरपछि उनी मर्दैछिन् भन्ने कुरा । अचानक सम्भोगकै दौरान प्रेमी एकाएक उठेर नांगै दौडिन थाल्यो । ऊ सम्भोगका बेला जमिनमा पल्टिएकी र छुट्टै संसारमा पुगिसकेकी प्रेमिकालाई परिस्थितिको जानकारी नै नगराई एक्लै दौडियो । उसले आफुतिर सिंह आइरहेको देखेको थियो, त्यसैले ज्यान जोगाउन नांगै दौडिहाल्यो । तर विचरी ती युवती जो जमिनमा पल्टिएकी थिइन् उनले सिंह आएको चालै पाइनन् र एक्कासी सिंहले उनलाई झम्टियो र ज्यानै लियो । जिम्बाबेको उत्तरी गाउँ नजिकैको जंगलमा भएको यो घटनामा मारिने युवतीको नाम शराराइ मावेरा भएको बताइएको छ । तर भागेर फरार भएको युवकको नाम भने खुल्न सकेको छैन । ती युवतीले स्थानीय एक बजारमा काम गर्ने गरेको र जगलको सोही स्थानमा आफ्नो प्रेमीसँग बेलाबखतमा लुकीलुकी भेट्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

No comments:

Post a Comment