Monday, July 8, 2013

'बलिउडकी सालु सोलार प्यानल काण्डमा प्रक्राउ''

'बलिउडकी सालु सोलार प्यानल काण्डमा प्रक्राउ''


''बलिउड नायिका तथा नृत्यांगना सालु मेननलाई भारतीय प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको छ ।''

''उनलाई सोलार प्यानलमा घोटला गरेको अभियोगमा प्रहरीले हिरासतमा राखेको एजेन्सीले जनाएको छ । उक्त सोलार प्यानल काण्ड निकै चर्चामा आएको थियो । जसका कारण मुख्य मन्त्रीको कार्यलयमा विवादसमेत उत्पन्न भएको थियो ।''

''सालुको नाम यसका मुख्य आरोपित बिजुसँग शंकास्पद रुपमा पहिल्यैदेखि जोडिएको प्रहरीले जनाएको छ ।
सालुको विरुद्धमा त्रिसुरको एक मेजिस्ट्रेट अदालतमा प्रहरीले प्राथमिकताका साथ मुद्धा दर्ता गर्नका लागि आदेश दिएको थियो ।''

''उनीहरुमाथि विद्युतीय ऊर्जा प्रदान गर्ने प्रलोभन देखाएर उपभोक्तासँग बढी रकम असुलेको आरोप लागेको छ ''

No comments:

Post a Comment