Sunday, July 7, 2013

‘गुण्डे’ मा क्याब्रे डान्स गर्दै प्रियंका चोपड़ा


‘गुण्डे’ मा क्याब्रे डान्स गर्दै प्रियंका चोपड़ा
फिल्म ‘शूटआउट एट लोखण्डवाला’ मा आइटम नम्बर ‘बबली बदमाश’ गरेपछि अब भने अभिनेत्री प्रियंका चोपडाले आफ्नो आउन लागेको नयाँ फिल्म ‘गुण्डे’ मा क्याब्रे डान्स गर्दै देखिने भएकी छन ।

यशराज फिल्मस (वाईआरएफ) का एक अधिकारीले पीटीआई लाइ बताए अनुसार उनी यस फिल्म ‘गुण्डे’ मा क्याब्रे गर्दै देखिनेछिन । यस भन्दा धेरै जानकारी आफुलाइ थाहा नभएको उनले बताएका छन । प्रियंका हिजोआज चार ठुला फिल्महरूमा काम गरिरहेकी छन । जसमा ‘जन्जीर’, ‘कृष 3’, ‘गुण्डे’ र मुक्केबाज मेरीकममा आधारित संजय लीला भंसालीको एक फिल्म रहेको छ ।
समाचार अनुसार कोरियोग्राफर जोडी बस्को-सीजर यस गीतको नृत्य निर्देशन गर्ने भएका छन । गीतको शूटिङका लागी यशराज स्टूडियोमा एक भव्य सेट निर्माण भैरहेको छ ।

‘गुण्डे’ को निर्देशन अली अब्बास जफर गरिरहेका छन । जफरले यस अघि ‘मेरे ब्रदर की दुल्हन’ फिल्मको निर्देशन गरिसकेका छन । यस फिल्म मा प्रियंकाका साथमा रणवीर सिंह र अजरुन कपूर मुख्य भूमिकामा रहेका छन । यो फिल्म कोलकाताको पृष्ठभूमिमा केन्द्रित रहेको बताइएको छ । यस फिल्ममा दुबै नायकहरू चोर बनेका छन ।

यस फिल्ममा दुबै सानो चोर बाट माफिया बनेको कथा समेटिएको छ । यो फिल्म सन १९७१ देखि १९८८ को बीचमा घटित भएको कयौ सत्य घटनाहरूमा आधारित भएको बताइएको छ । यो फिल्म आगामी बर्षको फेव्रुअरी महिनाको १४ तारिखमा रिलीज हुने बताइएको छ ।

No comments:

Post a Comment