Sunday, July 7, 2013

सेक्स टेप प्रकरणपछि पुरूषको बिश्वास रहेन – पेरिस हिल्टन

सेक्स टेप प्रकरणपछि पुरूषको बिश्वास रहेन – पेरिस हिल्टन

 ३२ वर्षीय हलीउड एक्ट्रेस पेरिस हिल्टनलाइ अब पुरूषहरूबाट बिस्वास हटेको छ । बास्तबमा उनले यो कुरा आफ्नो सेक्‍स टेप सार्वजनिक भएपछि त्यसको तनावका बेला पेरिसले यो कुरा बताएकी हुन ।

पेरिसका अनुसार उनी आफ्ना एक्स ब्वाइफ्रेन्ड रिक सेलोमनसंग निकै प्रेम र बिश्वास गर्दथिन तर उनको सेक्स टेप रिलीज भएपछि अब उनी कसैमाथि पनि भरोसा गर्न नसक्ने भएकी छन ।
द मिरर को एक रिपोर्ट अनुसार, हिल्टन यस टेप रिलीज भएपछि निकै हर्ट भएकी छन, साथै उनलाइ झड्का पनि लागेको छ ।
स्मरणीय छ, पेरिसको जब सेक्स टेप बनाइएको थियो, त्यतिबेला पेरिस मात्र २१ बर्षकी थिइन । त्यतिबेला उनका ब्वाइफ्रेन्ड रिकले यो टेप रेकर्ड गरेका थिए । यो भिडियो इन्टरनेटमा ’1 नाइट इन पेरिस’ का नामबाट रिलीज गरिएको छ ।

यो भिडियो निकै भाइरल भएको थियो, जसको कारणले पेरिसलाइ निकै स्ट्रगल गर्नु परेको थियो र उनले आफैंले पपुलारिटी पाउनका लागी आफ्नो एमएमएस यूट्यूबमा हालेकी हुन भन्ने आरोप पनि सहनु परेको थियो ।

No comments:

Post a Comment