Wednesday, January 2, 2013

दलालको आँखामा १८ वर्षमुनिका युवती


 दलालको आँखामा १८ वर्षमुनिका युवती
। वैदेशिक रोजगारीका नाममा विदेशमा बेचिने महिलामध्ये अधिकांश १८ वर्षमुनिका युवती भएको पाइएको छ । अविवाहित र कलिला उमेरका युवतीलाई विभिन्न प्रलोभन देखाएर दलालले भारत र खाडी मुलुकमा लगेर अलपत्र पार्दै आएका छन् । उनीहरू यौन तथा शारीरिक शोषणमा पनि परेका छन् । कतिलाई मानव बेचबिखनबिरुद्ध काम गर्दै आएका संघसंस्थाले घर फिर्ता ल्याएका छन् भने धेरैजसो विदेशमै नारकीय जीवन बिताइरहेका छन् । ‘१८ वर्षभन्दा मुनिका युवती धेरैजसो बेचखिबनमा परेको तथ्यांकले देखाएको छ,’ मानव बेचबिखनबिरुद्ध सक्रिय माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले भने, ‘यस्ता चेलीलाई यौनधन्दामा लगाएर पैसा कमाउने धेरै छन् ।’

कोइरालाले यस्ता युवती आफ्नो जालमा पार्न नसकेपछि महिलालाई लैजाने गरेको बताए । विवाहितामा पनि सानै उमेरमा विवाह गरेका र घरेलु हिंसामा परेका बढी रहेको कोइरालाले बताए । माइती नेपाल नेपालगन्जमा सन् २०१२ मा चार सय १६ महिलाको खोजीका लागि निवेदन परेको छ । भारत र खाडी मुलुकमा दलालले बेचेको भन्दै आफन्तले खोजीका लागि निवेदन दिएका हुन् । निवेदनमध्ये दुई सय ५८ जना १८ वर्षमुनिका युवती रहेको संयोजक कोइरालाले बताए । एक सय ६८ जना १८ वर्ष माथिका छन् ।

No comments:

Post a Comment