Monday, January 21, 2013

गोरुको तस्करीमा बालबालिकाको प्रयोग


गोरुको तस्करीमा बालबालिकाको प्रयोग
बारा, माघ ८ - बाराको सिम्रौनगढ नाकाबाट बालकहरुलाई प्रयोग गरि दिनहुँ गाई गोरुको तस्करी भइरहेको छ ।
तस्करहरुले गाइ गोरु चराउने बहानामा बालकहरु मार्फत दैनिक रुपमा दर्जनौ गाई गोरुहरु सिमाबाट पारी पठाएर तस्करी गरिरहेको स्थानीयवासिन्दाले बताएका छन ।
यसअघि तस्करहरुले एकै पटक ठूलो संख्यामा गाई गोरु भारतीय गाँउमा लैजान थालेपछि सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा कडाइ गरेको थियो ।
सशस्त्र प्रहरीको कडा निगरानी हुन थालेपछि तस्करहरुले सीमा क्षेत्रमा चराउने बहानामा बालकहरु मार्फत एक दुई ओटा गरि गाई गोरु सीमा पारिका गाँउहरुमा पठाएर तस्करी गरिरहेका छन ।
तस्करहरुले पहाडी जिल्लाबाट गाई गोरु खरिद गरि बाराको सिम्रौनगढ क्षेत्रमा जम्मा गर्ने र त्यहाँबाट एक एक गरि सीमा पारीको गाँउमा पठाउने गरेका छन

No comments:

Post a Comment