Friday, January 18, 2013

प्रियंकाले अढाई घण्टा मेकअप गरेपछि...

फिल्म क्षेत्रमा प्रवेश गर्ने बित्तिकै निकै चर्चा पाएकी नायिका प्रियंका कार्कीको पहिलो फिल्म थ्री लभर्स हो । उक्त फिल्मले प्रिमियर समारोहको आयोजना नगरेपछि उनका लागि पहिलो प्रिमियर फिल्म कलिउड बन्यो ।

आज शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको फिल्म कलिउडको एक साता अघि कतारमा प्रिमियर गरिएको थियो भने हिजो बिहिबार साँझ काठमाण्डौको एफक्यूब हलमा प्रिमियर भयो । 'एउटै फिल्मको दुई प्रिमियरमा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ तर अलि ढिला आएकाले सबैसँग कुरा गर्न पाईन', हिजोको प्रिमियरमा ढिला उपस्थित भएकी प्रियंकाले भनिन् । पहिलो प्रिमियर समारोहमा नै किन ढिला त ? प्रियंका थप्छिन्, 'मेकअप गर्दागर्दै ढिला भयो ।' उनले अढाई घण्टा लगाएर मेकअप गरेको खुलाईन् ।

करियोग्राफर रेनशा बान्तवा राईको साथमा निर्धारित समय भन्दा करिब डेढ घण्टा ढिला कार्यक्रममा उपस्थित भएकी प्रियंका बिश्व गौतमले तयार पारेको आकर्षक पहिरनमा उपस्थित भएकी थिईन् । 'पहिलो प्रिमियर भएकाले अलि फरक हुनुपर्छ भन्ने लागेर मेकअप गर्न थालें अनि ढिला भैइहाल्यो', प्रियंकाले भनिन् ।

सेलिब्रेटी भईसके पछि सबैको आकर्षकको केन्द्रबिन्दु हुनुपर्ने भएकाले पनि मेकअप र पहिरनमा बिशेष ध्यान दिनुपर्ने उनी बताउँछिन् । तर प्रियंका जी मेकअप र पहिरनमा मात्र ध्यान दिएर भएन नि ! यसो समयको पनि ख्याल गर्ने कि !

No comments:

Post a Comment