Wednesday, January 2, 2013

ब्लु फिल्ममा काम गर्न तयार नायिका सोनिया केसी


नेपाली चलचित्रमा धेरै नायिका अभिनयका कारण होइन यौन मामिलामा उदार भएका कारण चर्चामा आउने गरेका छन् । त्यही सिलसिलामा जोडिएकी छन् नवनायिका सोनिया केसी, चलचित्र सिलसिलामा उतेजित अधर चुम्बनको दृष्य दिएर चर्चामा आएकी नवनायिका सोनीया त्यसभन्दा बढी निर्देशक सुरेशदर्पण पोख्रेलसँगको यौन विवादका कारण चर्चामा आइन् । सोनियाले प्वाक्कै भनिदिइन्, सुरेशले मलाई बल्तकारको प्रयास गर्‍यो, यही विवादले सुरेशलाई प्रहरी खोरसम्म पुर्‍यायो । तर विवाद यति फिल्मी शैलीमा मिल्यो की सुरेशले प्रहरी खोरमा रात विताउनै परेन ।

“सेक्स फिल्ममा अफर आएमा काम गर्नुहुन्छ ? “ भन्ने प्रश्न लाई सहज रुपमा लिदै सोनियाले उत्तर दिईन : “नगर्ने भन्ने कुरा छैन … “। तर साथै, उनले अहिलेसम्म सेक्सको अनुभव भने नगरेको बताइन। (पत्याउनु, नपत्याउनु तपाईको विचार)भोजपुरी चलचित्रमा अलि बढी नै ग्लामोर र अंग प्रदशन बिक्ने हुनाले होला एउटा नसकिदै अर्को फिल्म मा अनुबन्धन भै सकेको खबर आएको छ।

० आजकल कता व्यस्त हो ?

- भर्खरमात्रै ‘राजभाई’ नामक चलचित्र सिध्याएर ‘गोर्खा पल्टन’ चलचित्रमा काम गर्दैछु । यस चलचित्रमा पूर्व इन्डियन आइडल प्रशान्त तामाङले पनि अभिनय गर्नु भएको छ ।

sonia_kc_3 ० चलचित्रमा नायिका बनिसक्दा पनि तपाईको अभिनयको त खासै चर्चा छैन नि ?

- मलाई त त्यस्तो लाग्दैन । म चुजी पनि छु । जस्तो पायो त्यस्तो चलचत्रि पनि गर्दिन छानेर गर्छु, त्यो भएर पनि कम चलचित्र भएको हो । बजारमा मेरो चर्चा नभए जस्तो त मलाई लाग्दैन ।

० चर्चा त तपाईको सिनेमाको भन्दा बढी तपाई माथि बलात्कारको प्रयास भएकोमा हुने गरेको छ त ?

- बलात्कार प्रयास भएकै हो । त्यही भनेर म प्रहरीसम्म पुगेकी हुँ । त्यो कुनै काल्पनिक घट्ना होइन

० तर प्रहरीसम्म पुगेको बलात्कार जस्तो केशमा दोषीलाई त्यही दिन छाडियो । त्यसैले यो सोनिया चर्चामा आउन गरेको प्रपञ्च भनिन्छ नि ?

-सुरेशले गल्ती स्विकारेपछि छोडिएको हो । गल्ती स्विकारेपछि मैले नै सहमतिमा छाडेकी हुँ । हामीबीच सहमती गराएर प्रहरीले छोडको हो । मलाई चर्चामा आउन यस्तो गरिरहनु पर्दैन ।

sonia_kc_2 ० तपाईको पनि कमजोरी देखियो नि हैन ?

- त्यही दिन उहाँ चलचित्र छाँयाङ्कन का लागि विदेश जान लागेको कारणले त्यस्तो सहमती गरेको हो । त्यस्तो कुरा लम्ब्याएर पनि काम छैन भनेर हो ।

० चलचित्र खेलाउने नाममा निर्माता निर्देशकले नवनायिका माथि शारिरिक शोषण गर्छन भन्छन, तपाई माथि त झन बलात्कारको प्रयास नै भयो ?

- हामी भन्दा अग्रज नायिकाहरुले पनि यस्ता कुरा बाहिर ल्याएनन् । यस्तो प्रथा धेरै छ चलचित्र क्षेत्रमा । अनि निर्माता निर्देशकहरुले सवैलाई यस्तो गर्न खोज्छन । मैले कतिपय नयाँ कलाकारबाट यस्तो कुरा सुन्ने गरेको छु । मलाई ट्यालेन्सीले काम गर्नु छ, अरुको ओछ्यान बनेर खेल्नु छैन ।

० भनेपछि त्यस्ता पीडित पनि छन् तर कुरा बाहिर ल्याउन चाहदैनन हैन ?

- हो, धेरै छन्, तर आˆनो करिअर बदनाम हुने डरले उनीहरु मुख खोल्दैनन् । काम नपाईने डरले उनीहरु सबै कुरा बाहिर ल्याउन चाहँदैनन् ।

० बलात्कार प्रयासको एउटा घट्ना बाहिर आयो, यस्तै व्यवहार अरु चलचित्रिकर्मीबाट पाउनु भयो ?

- म त्यसतो खालको केटी पनि हैन । मलाई अरुले त्यसपछि त्यस्तो अफर गरेका पनि छैन् ।

० तपाईको फोटोहरु त निकै हट छन नि सिनेमा बढी पाउने आशा हो ?

- सिनेमा पाउन कै लागि त हैन । जमाना अनुसार त्यतिको त खिच्नै पर्‍यो नि हैन र ।

० भनेपछि खुलेर अंगप्रदर्शन गर्नसक्नु हुन्छ ?

sonia_kc- भयंकर अंगप्रर्दशन गरेर, शरिर देखाएर त्यही खालको नायिका बन्ने सोच हैन मेरो । कुन डेस लगाउँदा सुहाउँछ त्यही लाउने हो । अंगप्रदर्शन गर्ने भन्दैमा जस्तो पायो त्यस्तो लगाउँदिन । गर्दै नगर्ने भन्ने हैन ठिक्क गर्नुपर्छ ।

० कथाले मागे कतिसम्म दिने त ?

- कथाको विषयबस्तु हेरि गर्ने ।

० तपाईंको विहे गर्ने उमेर भैसक्यो हैन ?

- विहे गर्ने समय नै आएको छैन जस्तो लाग्छ । अझै सिनेमा क्षेत्रमा सघर्ष गर्ने योजनामा भएकाले विहे बारे केही सोचेकी पनि छैन ।

० ब्वायफ्रेण्ड त होलान् नि ?

- छैन, छैन अहिलेसम्म ।

० नव नायिकाहरु फिल्म खेल्नकै निर्माता, निर्देशकहरुको गर्लफ्रेण्ड बन्ने गर्छन नि ?

- कतिपय त्यस्ता पनि होलान, तर म त्यस्तो गर्ने पक्षको मान्छे हैनन । आफ्नो क्षमताले यस क्षेत्रमा आउनु पर्छ भन्ने मान्यता राख्छु ।

० उमेर कति भयो नि ?

- हत्तेरिका उमेर पनि सोध्ने ?

० हिरोइनहरु उमेर भन्न किन डराउँछन ?

- त्यस्तो होइन, म भरखरै २२ बर्षको भएँ ।

० आफुलाई कतिको सेक्सी मान्नु हुन्छ ?

- सेक्सी नै ठान्छु, अरुले पनि भन्छन ।

० सेक्सलाई कसरी व्याख्या गर्नुहुन्छ ?

- यो एउटा प्राकृतिक जैविक कुरा हो । मानवीय आवश्यकताको कुरा हो ।

० सेक्स फिल्ममा अफर आएमा काम गर्नुहुन्छ ?

- नगर्ने भन्ने कुरा छैन । कस्तो मेसेज दिने फिल्म हो, कस्तो स्टोरी छ, त्यो हेरेर राम्रो रैछ भने गर्छु ।

० विवाहपूर्वको सेक्स उचित हो ?

- हैन जस्तो लाग्छ ।

० सेक्सको अनुभव छ कि ?

- आइ एम सरी, मलाई अनुभव छैन ।

० यत्रो उमेरमा पनि छैन ?

- छैन, छैन, भए पो त छ भन्ने ।

No comments:

Post a Comment