Friday, January 11, 2013

सबैभन्दा ठूलो वेश्यालय खुल्दै, डेढ सय तरुनीले सेवा दिने


सबैभन्दा ठूलो वेश्यालय खुल्दै, डेढ सय तरुनीले सेवा दिने

१ सय ५० जना यौनकर्मी महिलाले जागिर गर्ने र एक दिनमा १ हजार पुरुषको यौनकेा भोक मेटाउने लक्ष्यका साथ अस्टियाको राजधानी भियनामा युरोपकै सबैभन्दा ठूलो वेश्यालय खुल्ने भएको छ ।

उक्त सुविधासम्पन्न वेश्यालयमा डेढ सय जना सुन्दरी वेश्याहरुले दिनहुँ ग्राहकको चित्त बुझाउनेछन् । वेश्यालयभित्र सम्भोगको सुविधा त हुने नै छ त्यसका अलवा रेष्टुरेन्ट, ब्युटिपार्लर, जिमखाना तथा सैलुन समेत रहने बताइएको छ ।

स्थानीय उद्यमी पिटर लास्कारिसले खोल्न थालेको उक्त वेश्यालय डेढ करोड बेलायती पाउण्डको लगानीमा सुरु हुनेछ । उनका अनुसार त्यो केवल सामान्य वेश्यालय मात्र हुनेछैन सम्पूर्ण आनन्द तथा सुविधाको केन्द्र हुनेछ ।

आफ्नो वेश्यालय चार तारे होटलभन्दा सुविधासम्पन्न हुने दाबी मालिकको छ । वेश्यालयमा सेवा दिने यौनकर्मी युवतीहरु समेत निकै सेक्सी तथा सुन्दर हुने उनी बताउँछन् ।

डेढ सय ओछ्यान रहेको उक्त वेश्यालयमा चौबिसै घण्टा उपचार सेवा समेत उपलब्ध हुनेछ । वेश्यालयले सहरै भरी चौबिसै घण्टा ग्राहक ल्याउने र पूराउने सेवा समेत उपलब्ध गराउनेछ ।

वेश्यालयले समय समयमा विभिन्न खालका सेक्स महोत्सव तथा प्रदर्शनीको आयोजना गर्ने समेत बताएको छ । यद्यपि उक्त सुविधासम्पन्न विशाल वेश्यालय ठ्याक्क कुन ठाउँमा खुल्नेछ भन्ने कुरा भने बताइएको छैन । विरोध प्रदर्शन हुने डरले अहिले एकिन स्थान खुलासा नगरिएको भएपनि उद्घाटन हुने दिनमा ठूलै सरप्राइज दिने धोको त्यसका संचालकको छ ।

No comments:

Post a Comment