Thursday, January 17, 2013

गुणस्तरिय सेक्सको लागि जान्नु पर्ने कुराहरु...

गुणस्तरिय सेक्सको लागि जान्नु पर्ने कुराहरु...

यदि यौन जीवनमा निरासा छाएको छ भने २ पटक रोमाञ्चक बनाउने कोशिस गर्नुपर्छ । निरस यौन जीवन बैवाहिक सम्बन्ध र व्यक्तिगत स्वास्थ्यका लागि खतरनाक मानिन्छ । यौन जीवनसँग स्वास्थ्य र उमेरको कति गहिरो सम्बन्ध छ भन्नेबारे निम्न कुराले स्पष्ट पार्छ ।संख्यात्मक होइन, गुणात्मक जरुरी नियमित गरिने स्वस्थ यौन क्रियाकलापले उमेर बढाउँछ ।

यहाँ संख्यात्मक होइन, गुणात्मक सेक्स हुन जरुरी छ । कति समय लगाएर सेक्स गरियो भन्दापनि कति मज्जा लिइयो ? र कति चरमोत्कर्षमा पुगियो ? भन्ने महत्वपूर्ण हुन्छ । चरमोत्कर्ष प्राप्त गर्नाले रोग प्रतिरोधात्मक क्षमता २० प्रतिशत बढ्छ । सेक्स नगर्ने पुरुषको तुलनामा नियमित रुपमा चरमोत्कर्ष प्राप्त गर्ने पुरुष लामो समयसम्म बाँच्न सक्ने सम्भावन रहन्छ ।

हप्तामा २ पटक चरमोत्कर्ष प्राप्त गर्ने महिलामा मुटुरोगको खतरा ३० प्रतिशत कम हुन्छ । मायाले अंगालो हाल्ने मायाले अँगालो हाल्ने र एकअर्कामा अंकमाल गर्नाले दम्पतिबीच रोमान्स बढाउँछ । यस्तो बेला आक्सिटाँसिन हर्मान धेरै निस्कन्छ । अनुसन्धानले प्रमाणित गरे अनुसार, आक्सिटाँसिन हर्मानले आयु बढाउनुका साथै खतरनाक रोग र डिप्रेसनबाट दम्पतिलाई मुक्ति दिलाउँछ । यौन सम्बन्ध सक्रिय बनाउने यौन जीवन जति धेरै सक्रिय हुन्छ, त्यति नै धेरै स्वस्थ्य रहन मद्दत मिल्छ । हप्तामा ३ पटक सेक्स गर्ने पुरुषमा हृदयघात र मस्तिष्कघात हुने खतरा ५० प्रतिशत सम्म कम रहने अनुसन्धानले देखाएको छ । यसका साथै खुशी रहन र सकारात्मक सोच दिलाउँछ । नियमित यौन सम्पर्कले फिल गुड एंड्राफिन्स हर्मोनको स्राव गराउँछ र व्यक्तिलाई खुशी र तनावमुक्त बनाउन मद्धत गर्छ ।

चाहना राख्ने यौन आनन्द लिन यौन प्रति इच्छा राख्न जरुरी हुन्छ । यस्तो इच्छा राख्न मस्तिष्कका केही रसायन तत्व जिम्मेवार हुन्छन् र यसलाई सन्तुलनमा राख्न पनि त्यतिकै जरुरी पर्छ । व्यस्थ जीवनशैलीका कारण दम्पतिमा यौन इच्छा नहुन पनि सक्छ । यस्तो बेला मस्तिष्क रसायनहरुलाई सन्तुलनमा राख्ने कोशिस गर्नुपर्छ । यसरी आफ्नो यौन जीवनलाई सोमान्टिक र स्पाइसी बनाउन खानामा तुलसी, मरीच, जीरा, लसुन, अदुवा, बेसार, रेडवाइन, केरा, चक्लेट आदिको सवन गर्न आवश्यक पर्छ । फिट र फाईन रहने युवावस्थामा रोग प्रतिरोधात्मक क्षमता अत्यधिक हुन्छ । तर उमेर बढ्दै जाँदा यो क्षमता घट्दै जान्छ । स्वस्थ्य यौन जीवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । हप्तामा २ पटक सेक्स गर्ने व्यक्तिमा एन्टिबडिसको स्तर धेरै हुन्छ । यसले सर्दी आदिबाट मानिसलाई बचाउँछ ।

स्वास्थ्य यौन जीवनको लागि अल्कोहलको मात्रा घटाउदै लग्ने गर्नुपर्छ । किनभने यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ । नयाँ पोजिसन ट्राइ गर्ने नियमित शारीरिक अभ्यासले शरीरमा रक्तसंचार बढाउँछ । मांसपेशीलाई टोन्ड बनाउँछ र जवानी देखाउँछ । सेक्सबाट पनि शारीरिक अभ्यास जस्तै फाइदा मिल्छ । नियमित सेक्सले २० मिनेटमा ३० क्यालोरी बर्न हुन्छ । यति मात्र नभएर अस्टियोपोरोसिसको खतरालाई समेत कम गर्छ । हप्तामा १ पटक यौन सम्पर्क राख्ने मध्यम उमेरका महिलाको एस्ट्रोजनको स्तर बढाउँछ र उसको हड्डी सुरक्षित राख्छ । त्यसैले यौन जीवनमा नयाँ पन ल्याउँन कुनै एक्सपेरिमेन्ट र नयाँ पोजिसन ट्राइ गर्नु राम्रो हुन्छ । मुटुलाई स्वस्थ राख्न मद्दत गर्ने मोटोपन घटाएर र धुम्रपान त्याग गरेर आफ्नो मुटु स्वस्थ राख्न सकिन्छ ।

कतिपयलाई यस किसिमको त्याग मुस्किल पर्नसक्छ । तर चिन्ता गर्नु पर्दैन किनभने स्वस्थ र सक्रिय यौन जीवनले मुटुलाई स्वस्थ राख्छ । हालै इंल्याण्ड रिसर्च इन्सिच्यूटमा गरिएको एक सोधले, हप्तामा २ पटक यौन सम्पर्क राख्ने व्यक्तिको हृदयघात हुने खतरा ४५ प्रतिशत कम हुन्छ । ड्डस्वस्थ यौनक्रियाकलापले दम्पतिलाई खुशी तुल्याउँछ र व्यक्तिको आयु बढाउँछ । नियमित सेक्सले हर्माेनको स्तर र मानसिक स्मरणशक्तिलाई मजबुद पार्छ । यो स्वस्थ मुटुका लागि लाभकारी मानिन्छ

No comments:

Post a Comment