Monday, January 14, 2013

बिहे गर्नुअघिको यौनसम्पर्क यसरी गर्नुपर्छ.....

युवावस्थामा यौनेच्छा तीव्र हुन्छ नै, त्यसैले यौनसम्पर्क राख्न पुगिन्छ। सहमतिमै भएका यौनसम्पर्कमा पनि समस्या हुन्छन्। त्यसैले जोसमा होस गुमाउनु हुँदैन। यसबाट अनिच्छित गर्भ वा यौनरोगको समस्या भोग्नुपर्ने त छँदैछ। यी कुनै कारण नभएको स्थितिमा पनि सम्बन्धको स्थायित्व नहुँदा वा त्यसले निरन्तरता नपाउँदा त्यसका आफ्नै समस्या हुन्छन्। यस्ता समस्या शारीरिक तथा मानसिक दुवै हुनसक्छन्। तपाईंकी केटी साथीसँगको सबन्ध कत्तिको गहिरो वा प्रेममय थियो त्यसको प्रभाव पनि पर्छ। क्षणिक आकर्षण र वास्तविक प्रेमबीचको फरक छुट्टयाउनु आवश्यक हुन्छ। क्षणिक आकर्षणलाई नै प्रेम मान्दा खाडलमा परिने सम्भावना हुन्छ। लिंग कसरी उत्तेजित हुन्छ रु हामीले इन्द्रियहरूबाट ग्रहण गरेका सन्देशहरू मस्तिष्कसम्म पुगेपछि चेतन रूपमा उक्त कुरा थाहा पाउँछौं। विभिन्न अङ्ग ९स्रोत० बाट सन्दे शहरू स्नायु प्रणालीका नसाहरूबाट विद्युतीय तरंग वा रसायनहरूको माध्यमवाट मस्तिष्कसम्म पुग्छन् र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले थाहा पाउँछौं। यौन उत्तेजना हुने किसिमका सन्देशहरू प्राप्त भए हामीमा यौन उत्तेजना बढ्छ। व्यक्तिअनुसार कुन किसिमको सन्देश बढी यौन उत्तेजक हुन्छ भन्ने कुराचाहिँ फरक(फरक हुन सक्छ। यसरी यौन उत्तेजित हुन थालेपछि लिङ्गका धमनीहरूबाट बढी मात्रामा रगत लिङ्गमा भएको उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ, साथै लिङ्गबाट रगत बाहिर निस्कने क्रम घट्छ र लिङ्ग कडा, मोटो र लामो हुन्छ। यसैलाई हामी लिङ्ग उत्तेजित भएको भन्छौ। यौनक्रिया मात्र शारीरिक क्रिया नभै मानसिक तथा भावनात्मक सम्बन्धहरूको मिश्रणसहितको एउटा जटिल कार्य हो। लिंग उत्तेजना नहुने कारण तपाईंले जस्तो चाहिएको बेलामा चाहेको जस्तो गरेर लिङ्ग उत्तेजित नभै यौनसम्पर्क राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै बेला गरेका हुन्छन्। लिङ्ग उत्तेजित नहुनु वा उत्तेजित अवस्थामा आइसकेको लिङ्गलाई त्यही स्थितिमा राख्न नसक्ने समस्यालाई इम्पोटेन्स वा इरेक्टायल डिसफंक्सन भनिन्छ। राम्रोसँग लिङ्ग उत्तेजित नहुने कारण शारीरिक तथा मानसिक दुवै हुन सक्छन्। लिङ्गको उत्थित हुन सक्ने तन्तुमा रक्तप्रवाहलाई नकारात्मक रूपमा प्रभाव पर्ने कुनै पनि स्थिति लिङ्ग उत्तेजना नहुने सम्भावित कारण बन्न सक्छ। मानिस यन्त्र नभएकाले उसका कार्यहरू एकैनासका हुँदैनन्। लिङ्गको दह्रोपनका लागि मानसिक पक्ष एकदमै महत्वपूर्ण हुन्छ। सबैजसो पुरुषले जीवनमा कुनै न कुनै बेला लिङ्ग उत्तेजना हुन अपठयारो भएको वा कडापन कम भएको महसुस गरेको हुन्छ। हुन त लिङ्ग उत्तेजित हुन नसक्ने थुप्रै कारण हुन सक्छन्। हस्तमैथुन गर्दा लिङ्ग राम्रोसँग उत्तेजित भएको भए शारीरिक पक्ष ठीकै भएको देखिन्छ। एकपल्ट मात्र तपाईंको लिङ्ग उत्तेजित हुन समस्या देखिएकाले खासै चिन्ता गर्नुपर्ला जस्तो लाग्दैन। तनावपूर्ण वा डर भएको स्थितिमा भने लिङ्ग उत्तेजित नै नहुन वा भएको उत्तेजना पनि हराउन सक्छ। कडा सामाजिक बन्देज भएकाले अविवाहित यौनसम्बन्ध राख्दा वा प्रयास गर्दा एक किसिमको तनाव त हुन्छ नै। समाजवाट लुक्नुपर्ने मात्र होइन, मनमा पनि द्वन्द्वात्मक स्थिति हुन सक्छ। त्यसमा पनि हतारमा यौनसम्पर्क गर्नुपर्दा वा कसैलाई आफ्नो यौनक्षमता प्रदर्शित गर्नुपर्ने दबाब भए समस्या थप चर्को हुनसक्छ। यसरी अनपेक्षित रूपमा लिङ्गको उत्तेजना नहुँदा निकै चासो तथा चिन्ता हुन्छ, त्यसमा पनि पहिलो यौनसम्पर्कमै। यस्तो स्थितिलाई पर्फर्मेन्स एङ्ग्जायटि भनिन्छ। मुख्य कुरा तनाव, चिन्ता वा भय कम गर्न सक्नुपर्छ। आत्मविश्वास बढाउने कार्यतिर लाग्नुपर्छ। यौ नसाथीसँग लिङ्ग उत्तेजित हुने गरेर यौनसम्पर्क रहित यौनक्रियाकलापमा पर्याप्त समय बिताए सहयोग पुग्न सक्छ। दुवैले आफ्नै समस्या हो भन्ने मानेर समाधान गर्ने प्रतिबद्धताका साथ प्रयास गरे समस्या समाधान गर्न सकिन्छ। समस्या कायम रहे चिकित्सकसँग सम्पर्क राख्नुपर्छ ताकि समस्याको सही निदान र त्यसैअनुसारको उपचार खोज्न सकियोस्।

No comments:

Post a Comment