Friday, January 11, 2013

भूपू मायालुहरुको एउटा यस्तो मेला !


भूपू मायालुहरुको एउटा यस्तो मेला !
काठमाडौं । अधिकांश मानिस आफ्नो पार्टनरले पूर्व प्रेमी-प्रेमिकासँग हिमचिम बढाएको स्वीकार गर्दैनन् । भूपू मायालुसँग बोलेको मात्रै थाहा पाउँदा घरबार बिगि्रएका उदाहारण प्रसस्तै भेटिन्छन् ।

तर भियतनामको खाउ भाई गाउँमा यस्तो ‘लभ मार्केट’ छ जहाँ आफ्ना भूपू मायालुसँग डेटिङ जान सकिन्छ र निर्धक्क सुखदुःखका कुरा गर्न पाइन्छ । यस्तो अबसर एकाधलाई मात्रै हैन हजारौंलाई मिल्छ, अझ भनौं त्यहाँ भूपू मायालुहरुको मेला नै लाग्छ ।

होनाई शहरबाट करिव ५ सय किलोमिटर टाढा चिनियाँ सिमानामा रहेको यो गाउँमा बाषिर्रुपमा यस्तो मेला लाग्ने गर्छ विवाहितहरु खुलेआम आफ्ना भूपू मायालुलाई भेट्न सक्छन् । ल्यूनार क्यालेण्डरको तेस्रो महिनाको २६ र २७ तारिखमा लाग्ने यो पर्व ती मानिसहरुका लागि हो, जो प्रेम गरेर पनि विभिन्न कारणले विवाह पूर्व नै छुटि्ट बाध्य हुन्छन् ।

यो परम्पराको सुरुवात भने एक प्रेम जोडीले गरेका थिए । एक युवतीले अर्को जातका युवकसँग प्रेम गरेको र उनीहरुले विवाह गर्ने निर्णय गरे पनि स्वजातीयहरुले अनुमति नदिएपछि झगडाको अवस्था आयो । आफ्ना कारण हिंसा भड्कीने अबस्था आएपछि यो प्रेम जोडीले विवाह नगर्ने निर्णय गर्‍यो । त्यही प्रेम जोडीको सम्झनामा यो परम्परा सुरु भएको जनविश्वास रहेको छ ।

No comments:

Post a Comment