Thursday, January 17, 2013

स्तन पनि कति ठुलो ......

स्तन पनि कति ठुलो ....... विश्वका सबै महिलाको भन्दा ठूलो स्तन बनाएर चर्चा बटुल्ने प्रयासमा रहेकी स्ट्रिपर चेल्सी सायद यस्तो पहिलो अमेरिकी मोडेल हुन् । हरेक मोडेल आफ्नो जिरो फिगरबारे अति सजग हुन्छन् । शरिरको सुन्दरतामा कमी आउन नदिन मोडेलहरु कुनै कसुर बाँकि राख्दैनन् । स्ट्रिपर भने यसमा अपवाद बनेकी छिन् । एक अमेरिकी टेलिभिजन कार्यक्रममा उपस्थित भएकी स्ट्रिपरको भयानक स्तनको दृश्यले धेरैलाई आश्चर्यचकित बनाएको छ । प्रत्येक स्तन २६ पाउण्ड रहेको बताउने मोडेले आफ्नो बुबलाई अहिलेको आकार दिन धेरै सर्जरी गर्नु परेको बताइन् । फिलिप शोफिल्डद्वारा सञ्चालित उक्त कार्यक्रममा अतिथीको रुपमा उपस्थित मोडेलले आफ्ना दुई स्तनलाई इट्सी र बिट्सी नाम दिएकी छिन् । यी मोडललाई पोर्नस्टार भन्दै दर्शकले भने दिउँसै उनलाई अन्तरवार्ता लिएकोमा टेलिभिजन च्यानलप्रति आक्रोश जनाएका छन् । स्ट्रिपरले सुरुको ‘डि कप’ साइजको स्तनमा अहिले रोक लगाइएको पोलिप्रोफिलिन लगायत अनेक मेडिकल सर्जरी गरेको दि सनले जनाएको छ । झण्डै ५ फिट अग्ली ३५ वषिर्य मोडेलले आफ्नो स्तन अझै बढ्दै गएको खुलासा गरिन् । खान, हिडडुल गर्न त असजिलो छ नै, शरिरै कुरुप बनेको छ । यद्यपी अजङ्गको छाती भएकोमा स्ट्रिपर गर्व गर्छिन्, बिना कुनै हिनताबोध । हालसम्म कुनै आधिकारिक तथ्याङ्क नभएकोले उनको स्तन नै संसारको सबैभन्दा ठूलो हो भन्नेवारे यकिन भैसकेको छैन । कत्तिको ढाड दुख्छ ? भन्ने प्रश्नको जवाफमा नियमित अभ्यास गर्ने हुनाले यस्तो समस्या नरहेको उनले बताइन् । ‘यस्तो ठूलो स्तन बनाउने मेरो कुनै सोंच थिएन । मेरा स्तन आफै ठूला हुँदै गए,’ मोडेलले भनिन्, ‘तर पछि फिचर डान्सर बन्ने चाहानाले ठूलो बनाउन मन लाग्यो ।’ टीभी कार्यक्रम संचालक फिलिप सोफिल्डसँग धेरैको चर्चाको विषय बन्न सफल भएकोमा खुसी ब्यक्त गर्दै मोडेलले आफ्नो स्तन स्कुल पढ्ने बेलादेखि नै अस्वभाविकरुपमा ठूलो भएको बताइन् । कहिलेकाहि हवाइजहाजको ट्वाइलेटजस्तो साघुरा ठाउँहरुमा आवतजावतमा अलि गाहृो हुने उनेको अनुभव छ । साथै अन्य दैनिक कार्यहरु गर्न पनि असजिलो भएको उनको भनाई छ । ‘खाना खान पनि समस्या बनेको छ किनभने खानाभन्दा निकै टाढा बस्नु पर्ने बाध्यता छ,’ मोडेलले गुनासो गर्दै थपिन्, ‘म चाडै यि ठूला स्तनलाई घटाउने छु । तर पहिलेको आकार त अवश्य नै हुने छैन ।’

No comments:

Post a Comment