Saturday, January 19, 2013

श्रीमतीमाथि लिंग बजार्दा ५ दिन जेलमा


श्रीमतीमाथि लिंग बजार्दा ५ दिन जेलमा

सुन्दा पनि लाजै लाग्ने भन्या । एक जना पुरुषले आफ्नी श्रीमतीलाई लिंगले प्रहार गरेको आरोपमा जेल सजाय भोग्नु परेको छ । श्रीमतीमाथि लिंगले प्रहार गर्नु महिला हिंसाको एक रुप भएको आरोपमा विचरा ती पुरुषले ५ दिन जेलको हावा खानुपरो।

यो घटना हाम्रो देशको भने होइन, अमेरिकाको हो । मेन सहरका फ्रेड थोमस नामका ६२ वर्षीय ती पुरुषले यौन सम्पर्क राख्न नमानेको निहुँमा आफ्नै श्रीमतीको जिउमाथि लिंग बजारेका थिए । ३९ वर्षीया ती महिलाल आफुमाथि लोग्नेले यौन हिंसा गरेको उजुरी दिइन् । ती पुरुषलाई पक्राउ गरी केरकार गर्दा श्रीमतीलाई लिंगले हानेको कुरा स्विकार गरे ।

अन्ततः उनलाई प्रशासनले ५ दिनको जेल सजाय सुनायो । घरेलु हिंसा तथा दुव्र्यवहारमा संलग्न भएको आरोपमा ती पुरुषलाई १ वर्षसम्म निगरानीमा समेत राखिएको छ । श्रीमतीलाई लिंगले प्रहार गर्ने काम दोहोराएमा कडा सजाय गरिने चेतावनी अधिकारीहरुले दिएका छन् । ती पुरुषका वकिलले भने ती महिलाले अनलाइनमा भेटिएका एक पुरुषलाई भेट्न पाकिस्तान जाने योजना बनाएपछि रिसाएर थोमसले श्रीमतीलाई झपारेको दाबी गरेका छन् ।

No comments:

Post a Comment