Friday, January 11, 2013

काठमाडौँका थुप्रै रात्रि विशेष रेस्टुरेन्टमा यस्तो हुन्छ


काठमाडौँका थुप्रै रात्रि विशेष रेस्टुरेन्टमा यस्तो हुन्छ


   

आम्मामा, यो दाइको हात त कस्तो चिसो हो, खै ल्याउनुस् यता, म तताइदिन्छु।'
कामना (नाम परिवर्तित)ले विकासका हात आफ्ना दुई तिघ्राको बीचमा च्यापिदिई। यो संवाद र दृष्य काठमाडौँको एक रुफ टप रेस्टुरेन्टमा देखिएको हो। यस्ता दृष्य र संवाद काठमाडौँका थुप्रै रात्रि विशेष रेस्टुरेन्टमा छ्यापछ्याप्ती चलिरहेको भेटिन्छ। तर, थाहा पाएर हो वा नपाएर प्रशासन आँखा देख्ने अन्धो वा कान सुन्ने बहिरो भएर बसेको छ। 
कुनै समय काठमाडौँ उपत्यकाका गल्ली-गल्लीमा क्याबिन रेस्टुरेन्टको बिगबिगी थियो। व्यापक विरोध र प्रहरीको नियमित छापाले क्याबिन रेस्टुरेन्टहरू हराए। फाट्टफुट्ट अहिले पनि भेटिने क्याबिन रेस्टुरेन्ट पहिलेको तुलनामा घोषित रूपमा संचालित भइरहेको कमै मात्र भेटिन्छ। तर, 'खाने मुखलाई जुंगाले छेक्दैन' भने जस्तै क्याबिन रेस्टुरेन्टकै मजा दिने अनेक थरि रेस्टुरेन्टहरू उपत्यकामा जताततै फैलिएका छन्। हेर्दा सामान्य र स्तरीय लाग्ने यी रेस्टुरेन्टहरू रात छिप्पिन थालेपछि आफ्नो असली रङ देखाउन थाल्दछन्। काठमाडौँ शहर भित्र र वरपरका काँठमा फैलिएका थुप्रै गार्डेन रेस्टुरेन्ट, रुफटप, बार, फेमिली रेस्टुरेन्ट अनेक नामले सञ्चालित मदिरालय क्याबिन रेस्टुरेन्टका पर्याय हुन थालेका छन्। यस्ता रेस्टुरेन्टमा ग्राहकलाई आकर्षित गर्न विभिन्न उमेर समूहका केटीहरूलाई प्रयोग गर्ने गरिएको पाइन्छ। महानगर र उपमहानगर भित्र सञ्चालित डान्स रेस्टुरेन्टको विशेष आकर्षण पनि त्यहाँ काम गर्ने केटीहरू नै हुन्। डान्सर, वेटरलगायत सबै नै ग्राहकलाई आकर्षित गर्ने अभिप्रायले राखिएका हुन्छन्। रेस्टुरेन्टको मधुरो उज्यालोमा राम्री देखिने यी रात्रि सुन्दरीहरू ग्राहकलाई पिउन उक्साउने कलामा निकै निपुण हुन्छन्।

No comments:

Post a Comment