Friday, January 18, 2013

राति-राति ल्यापटपमा नीला चलचित्र हेर्छु... महिला सिलवाल (नायिका)..

महिला सिलवाल (नायिका)...

नयाँ नायिकाहरूमध्ये तपाईंलाई सेक्सी भनिन्छ नि ?

मैले चलचित्रमा दिएका दृश्यहरू हेरेर त्यस्तो धारणा बनाइएको होला। वास्तविक जीवनमा म तपाईंले भनेजस्ती सेक्सी छैन।

तर राति-राति ल्यापटपमा नीला चलचित्र हेर्छु भन्दै अन्तर्वार्ता दिइरहनुभएको छ नि ?

एउटी वयष्क युवतीले राति आफ्नै ल्यापटपमा नीला चलचित्र हेर्नुलाई नौलो मान्नु हुँदैन। पत्रकारले नीला चलचित्र हेर्नुभएको छ भन्ने प्रश्न सोध्दा छैन भनेर किन ढाँट्नु ?

तपाईंको विचारमा यौन के हो ?

प्राकृतिक देन हो। म अविवाहित भएकाले यौनका बारेमा योभन्दा बढी अनुभव र जानकारी छैन।

विवाहअघिको शारीरिक सम्बन्धलाई कसरी हेर्नुहुन्छ ?

अहिलेको आधुनिक युगमा शारीरिक सम्बन्धका लागि विवाह नै कुर्नुपर्छ जस्तो लाग्दैन।

चलचित्रमा बलात्कार भएका दृश्य दिइरहनुभएको छ। त्यस्ता दृश्यले दर्शकलाई कस्तो सन्देश दिन्छ ?

चलचित्र 'कारबाही' मा म बलात्कृत भएकी होइन, त्यस्तो प्रयास गरिएकी युवतीको भूमिकामा छु। बलात्कारको प्रयास गर्ने युवकलाई जुन कारबाही भएको छ, त्यो देखेर समाजमा त्यस्ता घटना कम हुन् भन्ने हाम्रो प्रयास हो।

No comments:

Post a Comment