Sunday, January 20, 2013

आफ्नो नाङ्गो शरीर आफै हेर्दा कस्तो लाग्छ त नेपालि नायिका ऋचासिंह ठकुरीलाइ

आफ्नो नाङ्गो शरीर आफै हेर्दा कस्तो लाग्छ त नेपालि नायिका ऋचासिंह ठकुरीलाइ चलचित्र ‘नाई नभन्नु ल’ बाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेकी नायिका ऋचासिं ठकुरी अहिलेकी व्यस्त नायिकाको रुपमा चिनिन्छिन् । विशेषगरी लभस्टोरी र सांगीतिक चलचित्रमा उनी सुहाउँदो मानिन्छिन् । उनै नायिकासँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी :केमा व्यस्त हुनुहुन्छ आजकल ?आजकल म चलचित्र धड्कनभित्रको प्रमोशनमा व्यस्त छु । केही म्युजिक भिडियोमा पनि अभिनय गरिरहेको छु । सिनेमामा त खासै देखिँदैन नि ? त्यो त आ-आफ्नो हेर्ने दृष्टिकोण हो । तर म कोशिश गरिरहेको छु । अझै पनि कोशिश नै गर्नुपर्ने अवस्था हो ? मानिसले जति उचाइ प्राप्त गरेता पनि कोशिश गरिरहनुपर्छ । मैले कोशिश गरेकै कारण सिनेमा खेलिरहेको छु । तपाई नचलेको हो कि, सिनेमा रोजेर खेल्नु भएको हो ? मलाई म चलेको छैन भन्ने लाग्दैन । सिनेमाको अफर त धेरै नै आएको छ तर कथा मन परे त खेल्ने हो नि हैन । तपाइलाई आफु चलेजस्तो लाग्छ कि नचले जस्तो लाग्छ ? मलाई चल्नु भन्दा पनि टिक्नु ठूलो हो जस्तो लाग्छ । भनेपछि तपाई टिक्नु भएको छ ? म चलेरै टिकिरहेको छु । निर्देशक विकास आचार्यले तपाइलाई धर्मपुत्री भन्नुहुन्छ, कसरी धर्मपुत्री बन्नुभयो ? म उहाँको परिवारसँग नजिक छु । मेरा लागि त उहाँ गड फादर नै हो । हाम्रो परिवार र उहाँको परिवार नजिक छ । मेरो बुवा नभएकाले पनि उहाले मलाई धर्मपुत्री बनाउनुभएको हो । तपाई विकासजी को धर्मपुत्री, तर उहाँले निर्देशन गरेको ‘रिदम’ नामक सिनेमामा त अर्कै नायिका लिनु भयो नि ? उहाँले निर्देशन गर्ने सबै सिनेमामा म नै खेल्नु पर्छ भन्ने छैन । चलचित्रमा मलाई सुहाउँने भुमिका पनि हुनुपर्यो नि हैन ? तपाईलाई लिएर एउटा निर्देशकले किन जोखिम मोल्ने ? म कुनै पनि काम गर्दा सतप्रतिशत दिने प्रयास गर्छु । मलाई निर्मातालाई दुख दिन मन लाग्दैन । तपाईलाई गर्न मन लागेको कुनै त्यस्तो भुमिका छ ? भुमिका जस्तो भए पनि मलाई आफुले निर्वाहा गर्न सक्छु भन्ने लाग्यो भने मात्र गर्छु । मलाई रहर लागेका सिनेमाहरु धेरैजसो मैले गरिसके । अहिले बनिरहेका सेक्स केन्दि्रत सिनेमामा अफर आयो भने गर्नुहुन्छ ? म त्यस्ताखालका सिनेमाहरु गर्न सक्दिँन । धेरै त्यस्ता सिनेमाको अफर आएका छन् तर मैले गरेको छैन । अरुको आँखामा बिझाउने काम मैले गरेको छैन । सिनेमा सेक्सले बिक्ने होइन, कथा र निर्माण राम्रो हुनुपर्छ । चपली हाइटमा नायिका विनिता बरालले निर्वाह गरेको भूमिका तपाईलाई अफर आएको भए गर्नुहुन्थ्यो ? म त्यसो गर्न सक्दिँन । प्रेम त गरियो होला नि ? मैले आजसम्म त्यस्तो केटा नै भेटाएको छैन, जसलाई हेर्दा नै माया बसोस् । खोजेको केटा कस्तो हो र ? शंका नगर्ने केटा मलाई मन पर्छ । तर, केटाहरु केटीको सानातिना क्रियाकलापमा पनि शंका गर्दा रहेछन् । मलाई मनपर्ने केटा पारिवारिक पनि हुनुपर्छ । झट्ट हेर्दा कस्तो केटा मनपर्छ ? हाईट मेरोभन्दा ५ इन्च अग्लो भएको मन पर्छ । केटाको हाइट अग्लो हुँदा आफुले हिल जुत्ता लगाउन पाइन्छ । नेपाली सिनेमामा कुन नायक आकर्षक लाग्छ ? सुमन सिं, राजेश हमाल र जीवन लुइँटेल साह्रै आकर्षक लाग्छ । कुन नायकसँग सिनेमा खेल्न मन छ ? मलाई नायक राजेश हमालको हिरोइन भएर सिनेमा खेल्न मन लागेको छ । तर त्यो अवसर पाएको छैन । राजेश हमालले पछिल्लो समय सेक्सी सिनेमा खेल्न थाल्नुभएको छ, उहाँको नायिका भएर खेल्न पाए के यस्ता दृश्य दिनुहुन्छ ? मलाई राजेश हमालसँग सिनेमा खेल्न मन छ, बेड सिन दिन हैन । कुन खानेकुरा मिठो पकाउनुहुन्छ ? म सेल रोटी साह्रै मीठो पकाउँछु । तर सबै कुरा म मीठो नै पकाउँछु । तपाईलाई देख्दा साह्रै कामुक लाग्ने व्यक्ति को हो ? सलमान खान र सुमन सिं साह्रै कामुक लाग्छन् । सपनामा राजकुमारहरु कत्तिको आउँछन् ? सपनामा त युवकहरु आउछन्, तर विपनामा आउँदैनन् के गर्ने । मलाई पनि प्रेमी बनाउन पाए हुन्थ्यो जस्तो लाग्छ, त त्यस्तो युवक कोही पनि आउदैनन् । नेपालका नेताहरुका साह्रै ह्यान्डसम को लाग्छ त ? मलाई त सुशील कोइराला खुबै ह्यान्डसम लाग्छ । उहाको बोली साह्रै मीठो लाग्यो । मान्छे पनि ह्यान्डसम नै हुनुहुन्छ । विवाह कहिले गर्ने ? प्रेमी भेटेको ३ महिनामै गर्छु । सेक्सका बारेमा कत्तिको सोच्नुहुन्छ ? प्रेमी भएको भए डेटिङ गइन्थ्यो होला, उसको अंगालोमा हराइन्थ्यो होला र सोचिन्थ्यो होला । तर, एक्लो भएकाले खासै सोच्न नै पाउँदिन । आफ्नो अंगमा कुन सेक्सी लाग्छ ? मेरो लिप्स । सबैले तिम्रो ओठ सेक्सी छ भन्छन् । यही ओठ हेरेर भुतुक्कै हुनेहरु पनि धेरै छन् । आफ्नो शरीर कहिलेकाही नाङ्गो हेर्दा कस्तो लाग्छ ? खै त्यसरी चै हेरेको छैन । तर, सारी लगाउँदा म राम्री देखिन्छु जस्तो लाग्छ । मेरो कम्मर छिनेको छ । प्रदर्शनका क्रममा रहेको चलचित्र धड्कनभित्र कस्तो सिनेमा हो ? यो एउटा कमर्सियल सिनेमा हो । मायामा मानिस कुन हदसम्म जान सक्छ भन्ने विषयलाई सिनेमाले उठान गरेको छ ।

No comments:

Post a Comment