Thursday, January 10, 2013

बलात्कारको अभियोगमा कांग्रेस नेता पक्राउ


बलात्कारको अभियोगमा कांग्रेस नेता पक्राउ
काठमाडौँ , २६ पुस ।
महिला हिंसा विरुद्ध भारतभर प्रदर्शन भैरहेको बेला उत्तरपूर्वी राज्य आसाममा एक जना नेतालाई महिला दुव्र्यवहारको अभियोगमा जनताले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।
सत्तारुढ कांग्रेस पार्टीका विधायक विक्रमसिंह बर्मालाई दुव्र्यवहार गरेको अभियोगमा महिलाहरुले नियन्त्रणमा लिई कुटपिट गर्दै प्रहरीलाई बुझाएको छ ।
भुटानसित सिमाना जोडिएको शान्तिपुर गाउँकी एक महिलाको निवासमा राती २ बजे प्रवेश गरी विधायक बर्माले स्थानीय एक महिलालाई बलात्कार गरेका थिए ।
यसैबीच भारत सरकारले हरेक प्रहरी चौकीमा उपनिरीक्षक तहको महिला प्रहरीको नेतृत्वमा एक टोली राख्ने निर्णय गरेको त्यहाँका गृहमन्त्रीले बताएका छन् । अर्कोतर्फ राजधानी नयाँदिल्लीमा बसमै बलात्कार र हत्या गरकेो अभियोगमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालतमा ज्यान मुद्दा दर्ता गरिएको छ भने १७ वर्षे किशोरलाई ३ वर्षसम्म कैद हुने गरी बाल अपराधको मुद्दा चलाएको छ

No comments:

Post a Comment