Friday, January 18, 2013

साइबरमा जोडी छिरेपछि अमर्यादित गतिविधि

 साइबरमा जोडी छिरेपछि अमर्यादित गतिविधि
उच्च माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरू अमर्यादित गतिविधिमा संलग्न रहेको आशंका गरी नगर प्रहरीले स्थानीय साइबर क्याफेमा निगरानी बढाएको छ। विराटनगरमा सञ्चालित साइबर क्याफेमा साँझपख प्रवेश गर्ने युवायुवतीले उत्तेजक वेब साइट खोल्ने र त्यसपछि अमर्यादित गतिविधि गर्ने गरेको भन्दै प्रहरीले साइबर क्याफेमा निगरानी बढाएको हो। त्यस्ता युवायुवतीले साइबरको क्याबिनभित्र अमर्यादित गतिविधि गर्ने गरेको गुनासो बढेकाले निगरानी बढाइएको विराटनगर नगर प्रहरीका प्रहरी निरीक्षक प्रदीप सिंहले बताए।

प्रहरीले विराटनगर-१४ स्थित एक साइबर क्याफेको क्याबिनबाट एक जोडीलाई अमर्यादित गतिविधि गर्दागर्दै नियन्त्रणमा लिएको थियो। ' आपत्तिजनक क्रियाकलापमा संलग्न रहेको भन्ने सूचना पाएपछि छापा मारेका थियौं, सोधपुछपछि छाडिदियौं' -प्रहरी निरीक्षक सिंहले बताए।


विराटनगरका अधिकांश साइबर क्याफेमा जोडीका लागि क्याबिनको व्यवस्था छ। व्यावसायिक प्रयोजनले खुलेका यस्ता साइबरहरू प्रेमीप्रे मिकाको डेटिङस्थलजस्ता भएका छन्। साइबरमा रहँदा केटाकेटीले यौनउत्तेजक खालका वेबसाइटहरू खोल्ने गरेका छन्। त्यस्ता साइटबाट उत्तेजित भएपछि उनीहरूले एक-अर्कासँग यौनजन्य क्रियाकलाप गर्ने गरेको सूचना प्रहरीले पाएको छ।

दैनिक साइबरमा बस्ने बानी परेसँगै घरमा पैसा माग्ने निहुँमा झगडा गर्नेदेखि कलेजमा पढाइ छोड्नेसम्मको समस्या विराटनगरमा बढ्दै गएको छ। विद्यार्थीहरू बाक्लै साइबर बस्न थालेपछि घरपरिवारसँग नबोल्ने, एकान्तमा बस्ने र आफूलाई असजिलो भएको महसुस गर्ने, लागूऔषध खाने गरेको समेत प्रहरी अनुसन्धानमा देखिएको छ।

साइबरमा बस्ने सेवाग्राहीको परिचय खुल्ने विवरण उल्लेख भएको परिचयपत्र बुझाएपछि मात्र सेवा उपलब्ध गराउनुपर्ने हुन्छ, तर विराटनगरमा सञ्चालित कतिपय साइबरमा एकबाट अर्कोलाई हेर्न नसकिने खालका क्याबिन बनाइएका छन्भने कुनै पनि साइबर क्याफेमा कसैको व्यक्तिगत विवरण खुल्ने परिचयपत्र हेर्ने व्यवस्था छैन।

यस्ता कतिपय साइबरमा युवायुवतीहरू यौनजन्य क्रियाकलापमा संलग्न रहनकै लागि आउने गरेको प्रहरी स्रोतले बताएको छ।

No comments:

Post a Comment