Friday, January 11, 2013

प्रधानमन्त्री भट्टराईलाई दाम्लो उपहार


रुकुम,पुष २७ । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अनुसन्धानलाई रोक्न प्रधानमन्त्रीले ठाडो निर्देशन दिएको विरोधमा रुकुमका पत्रकारहरुले प्रधानमन्त्री डा. वावुराम भट्टराईलाई ज्ञापन पत्र र दाम्लो उपहार पठाएका छन् । शुक्रवार नेपाल पत्रकार महासंघको नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र र दाम्लो पठाएको हो । देशको कार्यकारी प्रमुखले दण्डहिनतालाई वढवा दिने गरी अनुसन्धानको सिलसिलामा रहेका आरोपितहरुको बयान रोक्न दबाद दिन लगाउँनु न्यायको खिल्ली उडाएको भन्दै पत्रकारहरुले विरोध गरेका हुन् । दैलेखका पत्रकार थापालाई तत्कालिन माओवादी कार्यकर्ताहरुले झुन्ड्याएर सिस्नु पानीले चरम यातना पछि जिउँदै खाल्डोमा हालेको आरोपीले वयानमा स्वीकार गरिसकेको अवस्थामा प्रधानमन्त्रीको ठाडो निर्देशन दिएकोले विरोध स्वरुप ज्ञापन पत्र र दाम्लो उपहार दिइएको हो । पत्रकार थापालाई झुन्ड्याएर यातना दिएकोले प्रधानमन्त्री भट्टराईले अरु पत्रकारहरुलाई पनि झुन्ड्याएर जिउँदै गाड्न ब्यांग्य स्वरुप दाम्लो पठाएको बताइएको छ । नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष कमलप्रकाश थापाले एक कार्यक्रमबीच सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलाई ज्ञापन पत्र र दाम्लो दिनुभयो । सहायक प्रजिअ भण्डारीले शुक्रवार नै प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र र दाम्लो पठाईदिने प्रतिवद्धता जनाउनुभयो । अनुमति नदिएपछि झगडाको अवस्था आयो । आफ्ना कारण हिंसा भड्कीने अबस्था आएपछि यो प्रेम जोडीले विवाह नगर्ने निर्णय गर्‍यो । त्यही प्रेम जोडीको सम्झनामा यो परम्परा सुरु भएको जनविश्वास रहेको छ ।

No comments:

Post a Comment