Wednesday, July 3, 2013

''दैनिक यौन सम्पर्क गर्ने को शुक्रकिट स्वस्थ''


''दैनिक यौन सम्पर्क गर्ने को शुक्रकिट स्वस्थ''
   

सायद कतिपयले सोँच्दा हुन्, दिनहुँ सेक्स गर्दा मान्छे कमजोर हुन्छ र कमजोर मान्छेको शुक्रकिट पनि कमजोर हुन्छ । तर सत्य कुरा के हो भने दिनहुँ सेक्स गर्ने बानी बसाल्दा पुरुषहरुमा शुक्रकिटको गुणस्तर वृद्धि हुन्छ । पछिल्लोपटक गरिएको एक अध्ययनले दैनिक रुपमा सम्भोग गर्ने वा हस्तमैथुन गर्ने पुरुषको शुक्रकिटको गुणस्तर।

मा वृद्धि भएको देखाएको हो । दैनिक सम्भोग गर्ने वा हस्तमैथुन गर्ने पुरुषको सरीरमा उत्पादित शुक्रकिटमा डिएनएको क्षयिकरण कम हुने र त्यसबाट स्वस्थ शुक्रकिट पैदा हुने अध्ययनको निष्कर्ष छ । अस्ट्रेलियामा गरिएको अध्ययन अनुसार दैनिक रुपमा सम्भोग गर्ने पुरुषमा शुक्राणुको स्वास्थ्य अब्बल हुनेमात्र नभै विर्यको मात्रा पनि सन्तुलित हुन्छ ।

दैनिक सम्भोग वा हस्त मैथुनले शुक्रकिटको संख्या तथा विर्यको आयतन घटाउने भएपनि त्यसले शुक्रकिटको गति तथा स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने शोधकर्ताहरु बताउँछन् । लामो समयसम्म सम्भोग वा हस्तमैथुन नगर्ने पुरुषको विर्यथैली र विर्यनलीमा लामै समयसम्म शुक्रकिटहरु थन्किन बाध्य हुने र त्यसबेला शुक्रकिटको डिएनएमा क्षति पुगेर गुणस्तरमा ह्रास हुने शोधकर्ताहरु बताउँछन् । भिडियो हेर्नुहोस

No comments:

Post a Comment