Friday, July 5, 2013

जंगलमा लगेर बालिका बलात्कारका गर्ने बोगटी प्रहरी खोरमा

जंगलमा लगेर बालिका बलात्कारका गर्ने बोगटी प्रहरी खोरमा धनगढी, २१ असार । बालिका बलात्कार गरेको अभियोगमा कैलालीको श्रीपुर गाविस वडा नं ३ गौडी गाउँका एक युवकलाई स्थानीयले आज नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । सोही वडाकी १३ वर्षीया बालिकालाई बिहीबार नजिकैको जङ्गलमा बलात्कार गरेको भन्दै अन्दाजी २६ वर्षीय धनबहादुर बोगटीलाई आज कञ्चनपुरको गुलरीयाबाट बसमा चढ्ने क्रममा नियन्त्रणमा लिइएको स्थानीय शङ्कर खड्काले बताउनुभयो । अभियुक्त खड्का आफ्नो ससुराली गाउँ कञ्चनपुरको गुलरिया हुँदै भारत जान आज बिहान मात्रै हिडेका बताइएको छ । खड्काले गाउँ नजिकैको जङ्गलमा भैँसी चराउँदै गरेकी बालिकालाई हिजो दिउँसो बलात्कारपछि हत्या प्रयास समेत गरको देखिएको स्थानीयले बताएका छन् । साँझ अबेरसम्म घर नफिर्किएकी बालिकालाई गाउँलेले रातभर खोजी गरेकामा आज दिउँसो मात्र जङ्गलको रुखमुनि अचेत र निस्वस्त्र अवस्थामा फेला पारेका थिए । बालिकाको अनुहार र टाउको सुन्निएको छ । उनलाई उपचारका लागि सेती अञ्चल अस्पतालमा ल्याइएको छ । अभियुक्तमाथि अनुसन्धान गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको मालाखेती प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक विष्णुबहादुर सिंहले बताउनुभयो ।

No comments:

Post a Comment