Wednesday, January 9, 2013

सम्भोगको बेला लिङ्ग कडा नहुने कारण

 सम्भोगको बेला लिङ्ग कडा नहुने कारण
सम्भोगको बेला  लिङ्ग कडा नहुने अवस्थालाई  Erectile dysfunction  भनिन्छ  I

Erectile dysfunction का  कारण  के  के  हुन् ?

२  महत्वपुर्ण  कारण  हुन  सक्छन I
१ . Psychological  (मानसिक  कमजोरी ले गर्दा )
२ . Pathological (हर्मोन, नशा  रोग  वा  अन्य  कारण ले गर्दा )

मन  बलियो  नभएमा  Erectile dysfunction  हुन  सक्छ  I Psychological कारण  नै  नम्बर  १  कारण  हो I

Pathological कारणहरु  निम्न  हुन  सक्छन :
1. सुगर को कारण ले
2. BP कन्ट्रोल  नभएमा
3. लिङ्ग को नशा  च्यापीएमा वा  नशा  सम्बन्धि रोग  भएमा
4. हर्मोन  को गडबडी  ले गर्दा

हर्मोन  को गडबडीले Erectile Dysfunction कसरी  हुन्छ?

सम्भोग  को बेला  लिङ्ग कडा हुनलाई  Testosterone नामको हर्मोन  जरूरी  पर्दछ  I
Testosterone हर्मोन  अण्डकोष (testes) बाट  निस्कन्छ  I Testosterone को कमि  भएमा  Erectile dysfunction  हुन्छ I

Testosterone को कमीले अरु  के  के  लक्षण  हुन  सक्छन  ?

1. लिङ्ग वा  अण्डकोष   सानो  हुने
2. जुँगा  दाह्री  नआउने   वा  थोरै  आउने
3. कमजोरी  धेरै  लाग्ने
4. स्तन  बढ्दै  जाने

Erectile Dysfunction को उपचार  हुन  सक्छ ?

अवश्य  I यदि  हर्मोनको गडबडी  को कारण  भएमा  बाहिर  बाट  हर्मोन  दिएमा  ठिक  हुन्छ I  अरु  कारण  जस्तै  Psychological वा  सुगर का  कारण  भएमा  केहि  राम्रा  औसधि हरु  जस्तै  Viagra ले यो  समस्या  ठिक  हुन्छ I  Psychological  counseling  पनि  निकै जरुरत   छ I

No comments:

Post a Comment