Monday, January 7, 2013

डिभोर्स भएन भने यो होटल जानुस,आफै डिभोर्स हुन्छ


डिभोर्स भएन भने यो होटल जानुस,आफै डिभोर्स हुन्छ
होटलमा मानिस खानपिन गर्न जान्छ । तर, नेदरल्याण्डमा भने यस्तो होटल खुलेको छ – जसले मानिस खानपिन गर्नका लागि होइन डिभोर्स गर्नका लागि जान्छन् । डिभोर्स होटल नाम दिइएको उक्त होटलले बेखुस दम्पत्तीहरुको सम्बन्धविच्छेद गराउने काम गर्छ । उक्त होटलको बाहिरै लेखिएको छ, ‘विवाहबाट बेखुस जोडी शनिबारको दिन आउनुहोस् र आइतबार हाँसीखुसी सम्बन्धविच्छेदको कागज लिएर जानुस् ।

डिभोर्स होटलका मालिक जिम हाफेन्सका अनुसार उनले आफ्नो साथीको तनावपूर्ण वैवाहिक जीवन देखेर त्यस्तो होटल स्थापना गरेका हुन् । धेरै मानिसले तनावपूर्ण अवस्थामा वैवाहिक जीवन गुजारिरहेका र सम्बन्धविच्छेदको उपयुक्त उपाय अपनाउन नसकिरहेका बेला होटलमा आएर ठन्डा दिमागले सोचेर हाँसीखुसी सम्बन्धविच्छेद गर्न सक्ने उनको भनाई छ ।

यो होटलमा आएर मज्जाले कुरा गरेपछि तनावपूर्ण जीवन बिताइरहेका जोडिहरु वैवाहिक जीवनलाई सम्बन्धविच्छेद गर्न राजी भएर निस्कने र त्यसपछि अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन पेश गर्ने उनको भनाई छ । होटल मालिक हाफेन्स यस्ता होटल आफूले अमेरिकामा पनि खोल्न चाहेको र त्यसबारे एक रियालिटी शो पनि बनाउन चाहेको बताउँछन् ।

स्मरण रहोस् –सम्बन्धविच्छेद गराइदिने संस्थाहरुको धन्धा विश्वव्यापी रुपमा पछिल्ला दिनमा निकै फस्टाएको छ । अमेरिकामा मात्र सम्बन्धविच्छेदको कारोबार प्रतिवर्ष १ सय ७५ अर्ब डलरको हुने गरेको छ ।

No comments:

Post a Comment