Monday, January 7, 2013

‘बलात्कृत बालिका तपाईंकी छोरी भए, प्रधानमन्त्रीज्यू?’

‘बलात्कृत बालिका तपाईंकी छोरी भए, प्रधानमन्त्रीज्यू?’ ‘प्रधानमन्त्रीज्यू, हामी कोपिला हौं हामीलाई फक्रन दिनुस्’, धादिङका बालबालिकाले प्रधानमन्त्रीलाई लेखेको पत्रमा भनिएको छ । मुलुकमा बालिकाहरु शोषणमा पर्न थालेपछि धादिङका बालबालिकाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पत्र पठाउँदै आफ्नो सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गरेका छन् । सोमबार कलिला उमेरका बालबालिकाहरु जिल्ला प्रशासन कार्यालयको परिसरमा भेला भै एकै पटक भिन्ना भिन्नै पत्र लेखेका थिए । अधिकांश बालबालिकाहरुले बालबालिकाहरु दिन प्रतिदिन असुरक्षित बन्दै गएको र बालिकाहरु वलात्कारको शिकार बन्नु परेकोले स्वतन्त्र पूर्वक बाँच्न पाउने वातावरण सृजना गरिदिन प्रधानमन्त्रीलाई पत्र मार्फत आग्रह गरेका छन् । यसै साता धादिङ मैदीकी एक बालिका वलात्कृत भएको घटनालाई सम्बोधन गर्दै बालिकाहरुले पत्रमा उल्लेख गरेका छन्, ‘ती मैदीकी बलात्कृत बालिका तपाईंकी छोरी भए कस्तो अनुभूति गर्नु हुन्थ्यो ?’ बालबालिकाहरु जिल्ला सदरमुकामको पुछारबजारमा भेला भै र्‍यालीका साथ प्रशासन कार्यालय पुगेका थिए । र्‍यालीमा हिँडेका बालबालिकाको अनुहारमा असुरक्षा र आतंकको प्रत्याभुति भएको पाइन्थ्यो । र्‍यालीसहित प्रशासन कार्यालयमा पुगेका बालबालिकाहरुलाई प्रशासनको मूल ढोकाबाट सबैलाई प्रवेशमा रोक लगाउन बसेका सुरक्षाकर्मीलाई अनुरोध गर्दै उनीहरुले भनेका थिए, ‘हामी झगडा गर्न आएका होइनौं, हाम्रो सुरक्षाका लागि आएका हौं हामीलाई भित्र जान दिनुस् ।’ बालबालिकाको अनुरोध पछि सुरक्षाका लागि खटिएका प्रहरीहरुले उनीहरुलाई प्रशासन कार्यालय भित्र प्रवेश गर्न दिएको थियो । जिल्ला प्रशासन परिसरमै बालबालिकाहरुले महिला तथा बालिका माथि हुने हिासा झल्कने चित्रहरु पनि बनाएका थिए । बालबालिकाहरुले आफूहरुले बनाएका चित्र र लेखेका पत्र प्रमुख जिल्ला अधिकारीलाई प्रधानमन्त्रीलाई जसरी पनि पठाइ दिन आहृवान गरेका थिए । पत्र बुझाउनु अगाडि नमूना पत्र वाचन गर्दै ११ वर्षीया बालिका मनिशा भुजेलले भनिन्,’ प्रधानमन्त्री ज्यू आज भोलि हामी एकदमै डर त्रासमा वाँचिरहेका छौं । हामी घर भित्र र वाहिर कहि पनि सुरक्षाको महसुस गर्न सकिरहेका छैनौं । हाम्रो हाँस्ने खेल्ने र पढ्ने यो समयमा हामीले हाँस्न विर्सिसकेका छौं । हाम्रो सपनामा समेत हामी कति वेला वलत्कृत हुन्छौं, कति खेर मारिन्छौं भनेर आतिने गरेका छौं । यस्तो परिवेशमा हामीले कसरि पढ्न सक्छछौं ? कसरी हाम्रो विकास गर्न सक्छौं ? हामी आफ्नै वाबु, आफ्नै हजुरबाबु, आफ्नै मामा र दाजु बाट वलत्कृत हुनुपरेपछि हामीले कसको विश्वास गर्ने ? हामीलाई हाम्रै परिवारले जिउादै जलाएर मारिरहेका छन् । के हामीले बाँच्न पाउादैनौं ?’ बालिको वाचन गरिारहादा प्रमुख जिल्ला अधिकारी लगायत उपस्थित सबै भावुक बनेका थिए । प्रजिअ वेदप्रसाद खरेलले महिलामाथि हुने गरेको हिासा बढ्दै गएकोमा दुख व्यक्त गर्दै बालबालिका सृजना र पत्र प्रधानमन्त्री समक्ष पठाइ दिने आश्वासन दिएका थिए ।

No comments:

Post a Comment