Tuesday, January 1, 2013

चीनमा नशा छुटाउनका लागी डक्टरहरू विवादास्पद अपरेशन गर्दै !


चीनमा नशा छुटाउनका लागी डक्टरहरू विवादास्पद अपरेशन गर्दै !
पुस १७, चीनमा  ड्रग्स सेवन गर्नेहरूको संख्या निकै ठुलो रहेको छ । यस्तोमा यस कुलतबाट  छुटकारा दिनका लागी डक्टरहरू  दिमागको त्यस भागलाइ सर्जरी गरे  नष्ट गरिरहेका छन, जहां ड्रग्स लिएपछि मानिसहले खुसीको अनुभव गर्दछ ।

यसले ड्रग्सको कुलतमा परेको मानिसहरूमा नशाको तलतलनै समाप्त हुने गदछ । यस प्रक्रियालाइ को स्टीरियोटेक्टिक एब्लेशन भनिन्छ ।  दिमागमा खुशी बनाउने यो स्थानलाइ नष्ट गर्नाले व्यक्तिको प्राकृतिक चीजहरू प्रति  रुचि, भावना र खुशी महसूस गर्ने क्षमता पनि प्रभावित हुन सक्दछ । एब्लेशनको  प्रक्रिया चीनमा पुर्ण रूपमा नयाँ भने हैन्  ।

अमेरिका र ब्रिटेनमा अनट्रीटेबल डिप्रेशन र अब्सेसिभ कन्पल्सिभ डिसअर्डरबाट पीडि़त केही थोरै मात्र रोगीहरूका लागी यस प्रक्रिया अपनाएर उपचार गरिन्छ । तर,  विशेषज्ञहरूले भने यस टेक्निकको प्रयोग नशाको लत लागेका मानिसहरूलाइ कहिल्यै गर्न नहुने बताएका छन् ।

न्यूरोसाइन्स जर्नलिस्ट माइए जेलेविट्सका अनुसार यस प्रकारको उपचारको बिधी अहिले निकै चिन्ताको बिषय बनेको छ  । ६० जना रोगिहरूमा यस प्रकारको उपचारपछि के पाइयो भने ती मध्ये आधा भन्दा धेरै रोगीहरूमा यसको दीर्घकालीन प्रभाव परेको थियो । उनीहरूको स्मरणशक्तीमा समस्या देखिएको थियो । साथै उनीहरू कम मोटिभेट भैरहेका थिए ।

पांच बर्ष भन्दा कम समयमा उनीहरूमध्ये ५३ प्रतिशत रोगी फेरी नशाको कुलतमा फसेका थिए । त्यसैगरि सफलरूपमा गरिएको  ब्रेन सर्जरीमा टाउको र दिमागको कोशिकाहरू काटिनाले इन्फेक्सन, शारीरिक अक्षमता र रोगीको मृत्यु समेतको खतरा रहेको पाइयो ।

 चीनको रिसर्च रिपोर्टका अनुसार यस प्रकारको सर्जरी पछि २१ प्रतिशत रोगीहरूको स्मरणशक्ती कमि भएको थियो भने १८ प्रतिशत रोगीहरूमा प्रेरणामा कमी भएको पाइएको थियो ।

No comments:

Post a Comment