Tuesday, January 1, 2013

यौन सम्पर्क गर्न नमानेपछि हत्या


१७ पुस, हेटौंडा । सँगै मर्ने सँगै बाच्ने कसम खाएर दाम्पत्य सम्बन्ध जोडेका एक युवकले यौनसम्पर्क गर्न नदिएको झोंकमा पत्नीको हत्या गरेका छन् । बेलुका खाना खाएर दुवैजना कोठामा गएपछि युवकले शारीरिक सम्पर्क गर्न खोज्दा पत्नीले नमानेपछि कपालमा समातेर भुईमा टाउको ठोक्दै हत्या गरेको खुलासा भएको हो ।
मकवानपुरको उत्तरी गोगने ५ का प्रेमबहादुर मुक्तानले यौनसम्पर्क गर्न नदिएको झोंकमा पत्नी बिबिमायाको हत्या गरेका हुन् । प्रहरी हिरासतमा रहेका ३५ बर्षका प्रेमबहादुरले घटनाको विवरण सुनाउँदै ‘मंसिर २५ को राती पत्नीले यौनसम्पर्क गर्न नदिएपछि कपालमा समातेर भुईमा ठोक्दा मृत्यु भएको’ बताएको खबर कान्तिपुर दैनिकले छापेको छ ।
‘४७ बर्षकी बिबिमाया खोकी र दमबाट पीडित थिइन्, उनको पाठेघर खसेको थियो, महिनावारी पनि रोकिएको थियो,’ अनुसन्धानमा खटिएका प्रहरी नायब निरीक्षक सूर्य श्रेष्ठले भने ‘उमेरले बिबिमाया भन्दा १२ बर्ष कान्छो र निरोगी प्रेमबहादुरलाई यौनतृष्णा मेटाउन नसकेका कारण उनको हत्या भएको खुलासा भएको छ ।’
सुत्ने कोठामा पत्नीको हत्या भएपछि राती नै डोकामा शव राखी आफैंले बोकेर नजिकैको भीरबाट खसालेको पनि उनले बताएका छन् ।

No comments:

Post a Comment