Wednesday, January 9, 2013

सलमान Bigg Boss 6 को हरेक एपिसोडमा ७.७५ करोड लिन्छन्

मुम्बई, पुस २५, बलिउडका अभिनेता सलमान खान अब बलिउडका साथसाथै टिभीको दुनियाँमा पनि दबंग बन्दै गैरहेका छन् । सलमानका बारेमा अहिले उनको नाम नै काफि छ भन्नेहरूको कमी छैन् । टिभिको दुनियाँमा उनको पारिश्रमिक पनि थोरै छैन । यस कुराको खुलासा कलर्स च्यानलमा प्रसारित भैरहेको रियलिटी शो बिग बोस सीजन-६ का बारेमा भएको हो । हालै एक समाचारपत्र हिन्दुस्तान टाइम्सलाइ दिएको एक अन्तर्वार्ताका क्रममा सलमानले बिग बोस-६ मा प्रति एपिसोड ४ करोड रूपैयाँ लिनुहुन्छ रे हो भन्ने प्रश्न खस्न नपाउँदै उनले आफुले यस शो का लागी ७.७५ करोड प्रति एपिसोड लिने कुरा बताएका छन् । सलमानले बिग बोस-६ को एक एपिसोड गर्दा ७.७५ करोड लिने र त्यस एपिसोडको दोश्रो पटक टेलिकास्ट हुँदा भने प्रति एपिसोड पुनः एक करोड लिने बताएका छन् । त्यस पछिको रकम उनले दर्शकहरूको प्रतिक्रियाको आधारमा लिने बताएका छन् । हुन त सलमानको भाग्य नै तगडा ! स्मरणीय छ सलमानको चार फिल्महरूले लगातार एक पछि अर्को गर्दै १०० करोड भन्दा धेरैको कारोबार गरेका छन् । हालै मात्र उनको नयाँ फिल्म दबंग-२ ले पनि लगभग १५० करोडको कारोबार गरिसकेको छ । यस अघि गत १५ अगष्टमा रिलीज भएको उनको फिल्म एक था टाइगर ले २०० करोड भन्दा धेरैको कारोबार गरिसकेको छ ।

No comments:

Post a Comment