Tuesday, January 8, 2013

हुने भो ‘मिस नेपाल’ को पर्दाफास


हुने भो ‘मिस नेपाल’ को पर्दाफास
हरेक बर्ष आयोजना हुदै आएको ‘मिस नेपाल’ प्रतियोगिताको बिषयमा सिनेमाको निर्माण हुने भएको छ । बलिउडमा फेशन, हिरोइन जस्ता सिनेमाले यो क्षेत्रका भित्री रहस्य खोलिसकेका छन् । तर नेपालमा अझै पनि वास्तविक बिषयबस्तुमा सिनेमा निर्माण हुन सकेको छैन ।शुभेच्छा थापाको निर्माणमा तयार हुन लागेको यो सिनेमाले मिस नेपाल र यो प्रतियोगीता भित्र हुने शोषण र विकृतीलाई उठान गर्ने बताइएको छ । चलचित्रले एक युवतीले मिस नेपालको ताज जित्न गर्ने संघर्षलाई आफ्नो मुख्य बिषयबस्तु बनाएको छ । चलचित्रको सम्पुर्ण गीतको रेकडिङ सकिएको संगीतकार विकास चौधरीले जानकारी दिएका छन् । ४ गीत समावेश चलचित्रमा सन्तोष लामा, शिवानी मोक्तान, शिव परियार को आवाज समावेश छ । महेश दाहालको निर्देशनमा तयार हुन लागेको चलचित्रको शिर्ष भुमिकामा निर्मात्री शुभेच्छा थापा देखिदैछिन् । संगीतकार चौधरीले सिनेमा भित्र सबै हिपअप खालका गीतहरु रहेको बताए ।

हालसम्म २ दर्जन बढि चलचित्रमा संगीत गरिसकेका चौधरी अहिलेका व्यस्त संगीतकारको रुपमा चिनिन्छन् । उनले मिस नेपालका गीतले आफुलाई श्रोतामाझ अझ बढि चिनाउने विश्वास व्यक्त गरे ।

No comments:

Post a Comment