Tuesday, January 8, 2013

कस्तो बिहे ? दुलाहा-दुलही र जन्ती नांगै

कस्तो बिहे ? दुलाहा-दुलही र जन्ती नांगै मान्छेका शौख पनि अचम्मकै हुन्छन् । आफुलाई प्रकृतिवादी भन्ने न्युजिल्याण्डको एक जोडीले निर्वस्त्र विवाह गरेको छ । बेहुला बेहुलीले सरीरमा कुनैपनि कपडा नलगाएको उक्त बिहे समारोहमा केही जन्ती र पाहुना समेत नांगै थिए । गएको जनवरी ५ का दिन विलिंगटन स्थित प्रकृतिवादी क्लबमा सम्पन्न भएको उक्त विवाह समारोहमा यसरी नांगै बिहे गर्ने जोडी हुन् निक र विन्डी लोवे । समाचार अनुसार त्यस ठाउँमा भएको यो पहिलो निर्वस्त्र विवाह हो । विवाह समारोहमा झण्डै १२० जना पाहुना समेत सहभागी थिए । त्यसमध्ये आधाजसो नांगै थिए । नांगा जन्ती र पाहुनाले कपडाको नाममा घामबाट बच्न केवल टोपी मात्र लगाएका थिए । प्रकृतिवादीता आफ्नो जिवनको सबैभन्दा महत्वपूर्ण भाग रहेकाले प्राकृतिक तरिकाले बिहे बन्धनमा बाँधिनु आफ्नो लागि सहज रहेको निकको भनाइ छ । आफ्नो निर्वस्त्र बिहे समारोहमा निम्तो दिएका केही पाहुनाहरु आउन हिच्किचाएको र निम्तो अस्विकार गरेको खुलासा गर्दै आएका जतिले भने कुनै अप्ठेरो महसुस नगरेका दाबी गर्छन् । बेहुली विन्डीलाई पनि नांगिनु कुनै नौलो विषय लाग्दैन रहेछ । उनी भन्छिन् मानिस नांगिनु भनेको पोखरीमा हाँस पौडिएजस्तै हो । उनी ६ वर्षदेखि प्रकृतिमा रमाउन थालेको बताउँछिन् ।

No comments:

Post a Comment