Friday, March 22, 2013

‘हिंसाका दोषीलाई किन कारबाही हुँदैन ?’


‘हिंसाका दोषीलाई किन कारबाही हुँदैन ?’


काठमाडौ, चैत्र ९ – ‘तीन महिनादेखि एकै ठाउँमा उभिएर हिंसाका दोषीहरूलाई कडा कारबाही गर्न माग गर्दा सरकार के हेरेर बसिरहेको छ ?’ अकुपाइ बालुवाटारकी अभियन्ता प्रनिका कोयूले प्रधानमन्त्री कार्यालयका सचिव राजुमानसिंह मल्ललाई प्रश्न गर्दै भनिन्, ‘हामीले कुनै स्वार्थले अपराधीलाई कारबाही गर भनेको होइन, सरकारले भत्ता ख्वाएर पालिरहेका कर्मचारीबाटै हिंसा हुन्छ भने कारबाही गर्नैपर्छ भनेका हौं ।’ उनले यत्ति भन्न नपाउँदै प्रधानमन्त्री कार्यालयका सचिव मल्ल चर्किए ‘त्यसो भए सरकारले केही नगरी बसिरहेको छ त ? हामी सुतेर बसेका छौं ? जहिले पनि सुनुवाइ भएन मात्र भन्ने ?’ गत मंसिरमा साउदी अरेबियाबाट फर्केकी भोजपुरकी युवतीबाट रकम लुटी अध्यागमन विभागमा खटिएका सुरक्षाकर्मी पर्शुराम बस्नेतले बलात्कार गरेका थिए । विभागमा भएको घटनाका दोषीलाई अझै कारबाही नगरेको, एक वर्षअघि बेपत्ता पारिएकी छोरीमैया महर्जनको अवस्थाबारे सार्वजनिक नगरेको भन्दै अकुपाइ बालुवाटार समूहले बिहीबार प्रधानमन्त्री कार्यालयमा उच्चस्तरीय समितिलाई भेटेको थियो ।


त्यही भेटमा कुरा राख्न गएका टोलीसँग मल्ल कडकिए । मुलुकमा बढिरहेको महिला हिंसा का घटनाको अध्ययन गर्न तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले प्रधानमन्त्री कार्यालयका सचिव मल्लको संयोजकत्वमा आठ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । समितिले १५ दिनभित्रै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई प्रतिवेदन बुझाए पनि हालसम्म दोषीलाई कारबाही हुन नसकेको छैन । सामान्य मागसमेत तीन महिनासम्म सुनावाइ नभएकामा समूहको गुनासो छ ।

तत्कालीन समयमा अध्यागमन विभागमा कार्यरत अधिकृत रामप्रसाद कोइराला र टीका पोख्रेललाई अझै पक्राउ नगरेको, घटनामा दोषी ठहराइएका महानिर्देशक सुरेश अधिकारी र निर्देशक लेखराज पोख्रेलको स्पष्टीकरणसमेत नलिएको भन्दै समूहले आपत्ति जनाएको थियो । घटनाको अध्ययन गर्न सरकारले बनाएको उच्चस्तरीय समितिले बिहीबार अकुपाइ बालुवाटार समूहलाई बोलाएर हालसम्मको अवस्थाबारे जानकारी लिएको हो । समितिका संयोजक मल्लले अध्यागमन विभागमा सुधारका कार्यहरू भइरहेको, महानिर्देशक र निर्देशकलाई गृहसचिवले बोलाएर स्पष्टीकरण लिइसकेको दाबी गरे । ‘दोषीलाई कारबाही गर्ने र फरार अभियुक्तलाई पक्राउ गर्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने । ‘मेरो आमा कहाँ हुनुहुन्छ ? एक वर्षदेखि हामी एउटै प्रश्नको जवाफ खोजिरहेका छौं, कहिले आउँछ यसको उत्तर ? बेपत्ता छोरीमैयाकी छोरी सुधा महर्जनले रुँदै प्रश्न गर्दा मल्लले भने, ‘यहाँ आक्रोशित भएर के हुन्छ र मैले के गर्न सक्छु र ?’ ‘बलात्कारी र भ्रष्टाचारीलाई कारबाही गरभन्दा मिलापत्र गरौं भन्दै विभिन्न समूह मेरो बासस्थान मै आएर धम्की दिइरहेका छन्,’ भोजपुरकी पीडित युवतीका दाजु मनोज राईले भने, ‘मैले मिलापत्र नगर्ने भन्दधम्क्याइरहेका छन् । मेरो बहिनीको पैसा र इज्जत लुट्नेलाई कहिले कारबाही हुन्छ ? सरकारले आफ्ना माग पूरा नगरेसम्म आन्दोलन जारी रहने समूहले बताएको छ ।

No comments:

Post a Comment