Sunday, March 31, 2013

पैसाको लागि भर्जिनिटी लिलाम

 पैसाको लागि भर्जिनिटी लिलाम
   
हिन्दु धर्म अनि परम्परालाइ मान्नेहरु आफ्नो कुमारीत्व( भर्जिनिटी ) बेचेर पैसा कमाउने सोच्न पनि सक्दैनन होला | तर केहि समय अघि देखि पैसाको लागि आफ्नो कुमारीत्व बेच्ने केटीहरुको बारेमा हामीले सुन्दै आएका छौ |
पैसा कमाउने यो बाटो अहिले धेरै जनाले प्रयोग गरेका छन् जहाँ आफ्नो कुमारीत्वको भाउ लगाइन्छ र कुरा मिलेपछि एक रातको लागि सुम्पिने गरिन्छ | हालै मात्र कैटरिना मिग्लोरिनीले घर बनाउनको लागि भन्दै आफ्नो कुमारीत्वको मूल्य करिब ६ करोड ६३ लाख ( ७८०,००० डलर ) राखेकी थिइन | तर यसरी कुमारीत्व बेचेर पैसा कमाउने बाटोलाइ राम्रो नमानिए पनि केहि समय यस्ता खबर बारम्बार आइरहेका छन् |
को-को रहेछन त कुमारीत्व बेचेर पैसा कमाउने हरु …
२० बर्षीय ब्राजिलियन युबती कैटरिना मिग्लोरिनी ले आफ्नो कुमारीत्वको मूल्य करिब ६ करोड ६३ लाख राखेकी थिइन |सहभागी १५ जना मध्ये जापानी नागरिक नात्सू ने ले उनको कुमारीत्व जितेका थिए | कैटरिनाले आफुले कुमारीत्व मार्फत पाउने रकमको ९० प्रतिशत गरिब परिवारको घर निर्माणको लागि दान गर्ने बताएकी थिइन | सक्रामेन्टो स्टेट बाट वुमेन स्टडिज मा ब्याचलर डिग्री गर्ने बेलाकी नाताली डायलेन हावर्ड स्टर्न मा आफ्नो पढाई जारि सुचारु गर्नको लागि आफ्नो भर्जिनिटी बेचेकी थिइन | उनको भर्जिनिटी एक ब्यापारी डेनिश हफले ३.७ मिलियन डलर मा किनेका थिए | नताली डायलेनको अनुसरण गर्दै अर्की किशोरी( अनगर्ल नाम की)ले पनि एक वेबसाइटमा आफ्नो कुमारीत्व बेच्ने कुरा लेखिन | उनको कुमारीत्व किन्न करिब १२०० प्रस्ताब आएको थियो भने उनले ३२००० डलरको एक प्रस्ताब स्वीकार गरेकी थिइन |
रोमानियामा बस्ने किशोरी एलिना पर्सियाले पनि आफ्नो भर्जिनिटी बेचेकी थिइन | उनले आफ्नो कप्युटर डिग्री को पढाई पुरा गर्नको लागि यो निर्णय लिएकी थिइन
१८ बर्षकी एलिनाले एक इटालियन ब्यापारी लाइ १४ हजार डलर लिएर सुम्पेकी थिइन | तर उनको स्कूलका शिक्षकले भने उनि भर्जिन रहेकोमा नै शंका गरेका थिए

No comments:

Post a Comment