Tuesday, March 26, 2013

एउटा अनौठो कारणले सम्बन्ध बिच्छेद !



एउटा अनौठो कारणले सम्बन्ध बिच्छेद !


चैत्र १३, प्रायजसो पत्नीले पतिको अर्की महिलासंग सम्बन्ध भएमा पारपाचुके माग्ने गर्दछिन् । तर झाङ नामकी एक महिलाले आफ्ना पतिलाइ यस आधारमा सम्बन्ध बिच्छेद गरेकी छन, कि उनका पतिको लिङ्ग सानो थियो ।

मेट्रो.को.यूके को एक समाचार अनुसार ५२ बर्षीय झाङले अदालत मार्फट सम्बन्ध बिच्छेद गर्न माग गर्दै भनिन कि उनका पतिको लिङ्ग निकै सानो छ । यही कारणले गर्दा उनले कहिल्यै पनि दाम्पत्य सुख लिन पाइनन । उनले निकै बर्षको यस समस्यापछि अब उनी पतिसंग छुट्टिन चाहेको बताएकी छन् ।
ताइवानको अदालतमा जब सम्बन्ध बिच्छेदको यो अनौठो मुद्दा प्रकासमा आयो, त्यहाँका न्यायाधिस अचम्ममा परे । झाङले स्पस्ट रूपमा अदालतलाइ यो बताइन कि उनले आफ्नो बिबाह गरेको कयौं बर्षसम्म पनि दाम्पत्य सुख लिन पाइनन ।

झाङका अनुसार उनका पति नामर्द छन । जबकि झाङका पतिले भने उनकी पत्नीको यो आरोपलाइ गलत बताउँदै उनीमाथीनै आरोप लगाएका छन् । झाङले भने जस्तो उनका पतिले आफु नामर्द नभएको बताउँदै झाङकै गलत बानीहरूमा उनलाइ आफुले साथ नदिएको बताएका छन् ।
अदालतले दुबै पक्षको तर्क सुनेपछि भनेको छ कि यस बिषयमा अदालतले निकै बिचार गरेर मात्र फैसला दिनेछ । तर केही दिन पछिनै अदालतले झाङको पक्ष बलियो भएको भन्दै अदालतले यस सम्बन्ध बिच्छेदलाइ स्वीकार गरेको थियो ।

No comments:

Post a Comment