Sunday, March 24, 2013

गर्भवती बनाउने कुर्सी, ५७ जनाको एउटै कट्टु

गर्भवती बनाउने कुर्सी, ५७ जनाको एउटै कट्टु


विश्वमा केही यस्ता विचित्र काम भएका छन् जो सुन्दा पनि अचम्मै लाग्छ । यस्ता विचित्र काम तथा वस्तुले त्यहीँ भएर गिनिज बुकमा पनि नाम लेखाउन सफल भएका छन् । ५७ जना मानिसले समाउने बडेमाको कट्टु, होटलमा महिलालाई गर्भवती बनाउने कुर्सी यसका केही उदाहरण हुन् ।



गर्भवती बनाउने कुर्सी : बेलायतको बेडफोर्डसायरको मूर प्यालेस होटलमा रहेको यो कुर्सीमा होटलका महिला कर्मचारी बसेपछि गर्भवती हुने गरेका छन् । अहिलेसम्म यो कुर्सीमा बसेकैले ७ जना महिला कर्मचारी गर्भवती भएपछि यो खुबै चर्चाको विषय बनेको छ । यो होटल असामान्य रहेको बताइन्छ । त्यसैले यसलाई फर्टिलिटी चेयर भन्ने गरिएको छ । वास्तवमा बच्चा नभएका विवाहित महिला यो कुर्सीमा बसेपछि सहजै गर्भ रहन्छ ।

५७ जनाको एउटै पेन्टी : वास्तवमा पेन्टी नै यस्तो चिज हो, जो सामान्यतया आपसमा साटफेर गरिँदैन वा एकजनाले मात्र लगाइन्छ । तर यो कुरालाई चुनौति दिँदै ५७ जना मानिसले एउटा मात्र पेन्टी लगाएका छन् । गिनिज बुकमा नाम लेखाउने क्रममा ५ मिटर लामो तथा डेढ मिटर चौडा यो पेन्टीभित्र ५७ जना युवायुवतीले जिउ छिराए ।

२३ वर्षमै हजुरआमा : बेलायतकी २३ वर्षकी रिफ्का स्टेनेस्क्यू विश्वमा सबैभन्दा कान्छी हजुरआमा हुन् । उनकी ११ वर्षकी छोरीले बच्चा जन्माएपछि उनी हजुरआमा बनेकी हुन् । स्मरण रहोस् उनले १२ वर्षको उमेरमा पहिलो बच्चा पाएकी थिइन् ।

पाकिस्तानमा ७० हजार जनाले एकैचोटी राष्ट्रिय गान गाएर विश्वरेकर्ड कायम गरेका छन् । नेशनल हकी स्टेडियममा ७० हजार जनाले सामुहिक रुपमा पाकिस्तानको राष्ट्रगान गाएका हुन् ।

No comments:

Post a Comment