Sunday, March 24, 2013

बेलायती एक किशोरी २ महिनासम्म निदाउने गरेकी छिन

 बेलायती एक किशोरी २ महिनासम्म निदाउने गरेकी छिन

कुम्भकर्ण भन्ने पात्र वर्षमा ६ महिना सुत्ने र ६ महिना उठ्ने गरेको कुरा हामीले कथाहरुमा सुन्ने गरेका छौँ । तर यो कलियुगमा समेत त्यस्ता मान्छे हुँदारहेछन् जो २ महिनासम्म निदाउँछन् । यद्यपि सद्धे मान्छे यसरी निदाइरहन सक्दैनन् । स्नायुसम्बन्धी रोगका कारण यस्तो हुँदो रहेछ ।यस्तो भएको छ बेलायती एक किशोरीलाई । टेलफोर्डबा बस्ने १५ वर्षकी स्टेन्सी कोमरर्फड नामकी किशोरी यस्तो स्नायु समस्याका कारण गएको अपि्रल महिनादेखि सुतेर केहीदिनअघि मात्र जागेकी हुन् । यसरी दुइ महिना पूरै निद्रामा रहँदा उनका विभिन्न ९ वटा परीक्षा छुटे । यसअघि पनि यसैगरी निदाउँदा उनले गएको नोभेम्बरमा आफ्नो जन्मदिन पनि मनाउन पाइनन् ।
स्लिपिङ ब्युटी सिन्ड्रोम भनिने यस्तो रोगबाट ग्रसित मानिसहरु लामो समयसम्म निदाइरहन्छन् । विश्वमा करीब १ हजार मानिसमा यस्तो समस्या रहेको बताइएको छ । आफ्नो यस्तो समस्याका कारण ती किशोरी निकै दुखी छिन् । पछिल्लो समयमा आफ्नो समस्याबारे धेरैले बुझिसकेकाले आफुलाई केही सजिलो भएको तर सुरुसुरुमा आफुले धेरै सुतेकै कारण घरपरिवार र स्कुलमा समेत हैरानी बेहोर्नुपरेको उनी बताउँछिन् । यसरी निदाउने बेला उनी दिनको २० घण्टा पूरै निद्रामा हुन्थिन् भने बाँकी ४ घण्टाको अर्धनिद्रामा खाना खाने तथा दिसापिसाब गर्ने गर्थिन् । छोरीको यस्तो हालत देखेर उनकी ५३ वर्षकी आमालाई समेत निकै चिन्ता पर्ने गरेको छ ।

No comments:

Post a Comment