Sunday, March 24, 2013

अभियुक्तले भने : मैले २ जना मान्छेको मुटु खाएँ


अभियुक्तले भने : मैले २ जना मान्छेको मुटु खाएँ



सुन्दा पनि आङै जिरिंग हुने । मान्छेले कतिसम्म आँट गर्न सकेको ? रुसमा एक जना व्यक्तिले २ जना मान्छेको छाति चिरेर मुटु झिकेर खाएका छन् । उनले आफुले मान्छेको मुटु खाएको कुरा गर्वसाथ स्विकार पनि गरेका छन् ।



रुसको युराल्स क्षेत्रस्थित पेन्जाका बासिन्दा एलेक्जेन्डर बिचोकोभले आफुले दुइ जना मान्छेको मुटु खाएको दाबी गरेका हुन् ।

उनीमाथि नौ जना मान्छेको हत्या गरेको तथा स्थानीय पसलमा चोरी गरेको अभियोग लागेको छ । अभियोग अनुसार सन् २००९ देखि २०११ को बीचमा उनले ९ जना सुकम्बासी तथा जँड्याहाको हत्या गरेका हुन् ।

अनुसन्धान अधिकारी सँगको बयानमा उनले आफुले हत्या गरेका मध्ये २ जना मान्छेको मुटु खाएको दाबी गरे । उनले मारेका अरु मान्छेको शव पनि क्षतविक्षत पारेका थिए ।

उनले आफुले मान्छेको मुटु खाएको आफै दाबी गरेका भएपनि त्यो अहिल्यै पुष्टि हुन नसकेको र उनीमाथि नरभक्षणको अभियोग नलगाइएको अभियोजनकर्ताको भनाई छ ।

No comments:

Post a Comment