Tuesday, March 26, 2013

७ जनालाई लस्करै कुर्सीमा राखेर हत्या गर्ने किशोर पक्राउ..!

    ७ जनालाई लस्करै कुर्सीमा राखेर हत्या गर्ने किशोर पक्राउ..!

चैत, एजेन्सी । मेक्सिकोको मोरेलियामा सात जनाको शव एकै ठाऊँमा भेटिएको छ । मोरेलियाको एक सडकमा सात जनाको शव कुर्सीमा रहेको अवस्थामा भेटिएको हो ।
ती सबै सातको जनालाई गोली लागेको मेक्सिकोका अधिकारीले जनाएका छन् । ती सबैलाई कुर्सीमा बसाएर गोली हानी हत्या गरिएको हुन सक्ने अधिकारीहरुको अनुमान छ । अधिकारीहरूले यसरी हत्या गर्नुको कारण बारे भने केही थाहा नभएको र अनुसन्धान जारी रहेको बताएका छन् ।
उक्त घटनामा दोषी रहेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । १७ वर्षिय ती किशोरलाई प्रहरीले उरूपान क्षेत्रबाट पक्राउ गरेको हो ।
यस्तै, त्यहाँ नजिकै अन्य ७ जनाको पनि शव भेटिएको बताइएको छ ।

No comments:

Post a Comment