Monday, March 25, 2013

वंशाणुले पनि असर पर्छ चरमसुख पाउन यौन सम्पर्कको बेलामा

    
वंशाणुले पनि असर पर्छ चरमसुख पाउन यौन सम्पर्कको बेलामा

प्राप्त हुने चरमसुख अर्थात् अर्गाज्मको विषयमा विभिन्न विवादहरु नभएका होइनन् । यस विषयमा विभिन्न खालका धारणा तथा परम्परागत विश्वासहरु रहेका छन् । कतिपय महिलाले कहिल्यैपनि चरमसुख प्राप्त गर्दैनन् भन्ने मतमा अडिएका हुन्छन् भने कतिपयले महिलाले चरमसुख प्राप्त गर्न अपनाउनुपर्ने विधिका विषयमा आ आफ्ना तरिका पस्किरहेका हुन्छन् । तर जे होस् सम्भोगका बेला पुरुषलाई जति छिटो चरमसुख प्राप्त हुन्छ महिलालाई यस्तो सुख प्राप्त गर्न कठीन हुन्छ र ढिलो हुन्छ । महिलाको चरमसुखका बारेमा विभिन्न भ्रमलाई चिर्दै वैज्ञानिक तथा यौन मनोविज्ञहरुले विभिन्न ६ वटा तथ्य पत्ता लगाएका छन् । न्यू साइन्टिस्ट म्यागेजिनमा छापिएको समाचार अनुसार महिलाको चरमसुखका विषयमा पत्ता लागेका ६ वटा रोचक तथ्य यसप्रकार छन् । १. महिलाको योनीभित्र जी स्पट हुन्छ भन्ने कुरा सत्य हो । योनीभित्र हुने यो स्थान निकै संवेदनशील क्षेत्र हो ।
यहीँ क्षेत्रमा घर्षण पैदा भएसँगै महिलालाई चरमसुख प्राप्त हुन्छ । यद्यपि यो क्षेत्र योनी भित्रको ठीक कुन भागमा हुन्छ भन्ने कुराको एकिन भने गर्न सकिँदैन ।२.चरम सुखका बेला महिलाको मस्तिष्कको अधिकांस भाग निस्कृय हुन्छ । वैज्ञानिकहरुले गरेको अनुसन्धानले के देखाएको छ भने जब मान्छेको दिमागमा सेक्सले ठाउँ पाउँछ अरु विषय स्वतः निस्कृय हुन्छन् । अझ चरम सुखका बेला त संवेदनाको अनुभुति गर्ने क्षेत्र समेत निस्कृय हुन्छ । ३.धेरै महिलाले चरम सुख प्राप्त गर्नै सक्दैनन् । सन् १९९९ मा अमेरिकामा गरिएको एक सर्भेक्षणले ४३ प्रतिशत अमेरिकी महिलामा यस्तो समस्या भएको देखाएको थियो । यसको निस्कर्ष के हो भने पुरुषको तुलनामा अत्यधिक महिलामा यौन सुख प्राप्त नगर्ने जैविक कमजोरी नै हुन्छ । ४. चरमसुखलाई वंशाणुले फरक पार्छ । अनुसन्धान अनुसार चरमसुखमा हुने ४५ प्रतिशत विविधता वंशाणुकै कारण हुन्छ । कतिपय महिलाले सम्भोगका बेला चरमसुख पाउन सक्दैनन् र केहीलाई हस्तमैथुन गर्दा पनि यौनसुखको अनुभुति हुँदैन, यसो हुनुमा वंशाणुगत कारण मुख्य हुन्छ । ५. चरमसुख दिने प्रविधि बन्दैछ । जैविक कारणले नै चरमसुख पाउनबाट बञ्चित महिलाहरुलाई यौनसुखको अनुभुति दिलाउनका लागि वैज्ञानिकहरुले प्रविधिको विकाश गरिरहेका छन् । यौन उत्प्रेरकको काम गर्ने यस्तो प्रविधि महिलाको सुसुम्ना अर्थात् ढाडभित्रको नसामा जोडिनेछ जसले महिलामा चरम सुख प्राप्त नहुने समस्या समाधान गरिदिनेछ । ६. यति हुँदाहुँदै पनि महिलाको चरमसुखका विषयमा रहेका भ्रम सबै मेटिन सकेका छैनन् र यो विषयमा रहेका सबै प्रश्नको उत्तर प्राप्त भैसकेको छैन । यो विषय क्रम विकाशका वैज्ञानिका लागि पनि निकै कठीन विषय बनिरहेको छ । कतिपयले त यौन सुख महिलाका लागि अनावश्यक बोझ भएको बताउँछन् । प्राप्त गर्ने चाहना पनि हुने तर पाउनै कठीन पर्ने ।

No comments:

Post a Comment