Tuesday, March 26, 2013

पुरुषहरुका लागि एक रात नै पर्याप्त…युवतीहरुलाई कुनै पुरुष आफूतिर आकर्षित हुनुलाई प्रेम नठान्न चेतावनीसमेत दिएका छन्



पुरुषहरुका लागि एक रात नै पर्याप्त…युवतीहरुलाई कुनै पुरुष आफूतिर आकर्षित हुनुलाई प्रेम नठान्न चेतावनीसमेत दिएका छन्

मनोबैज्ञानिकहरुका अनुसार सम्बन्ध र सेक्सका विषयमा महिला र पुरुषको सोच अलग अलग हुने गर्दछ। उनीहरुका अनुसार महिला जोसँगै प्रेम गर्दछन् उसैसँग शारीरिक सम्बन्ध कायम गर्दछन् तर पुरुषहरुको सोच योभन्दा निकै फरक हुन्छ ।
शोधकर्ताहरुले मनौवैज्ञानिक तरिकाले अध्ययन गरेर यो परिणाम सार्वजनिक गरेका हुन् । उनीहरुले युवतीहरुलाई कुनै पुरुष आफूतिर आकर्षित हुनुलाई प्रेम नठान्न चेतावनीसमेत दिएका छन् । किनभने शोधबाट बढीजसो पुरुषले सेक्सका लागि महिलाहरुसँग मित्रता गर्दछन् । उनीहरु सम्बन्धको चक्करमा पर्न चाहँदैनन् ।
जबकि महिलाको सोच पुरुषको भन्दा विल्कुल फरक हुन्छ। उनीहरु कसैसँग मित्रता कायम गरेपछि मात्र उसँग डेटिङ्ग जाने गर्दछन् त्यसपछि मात्र सेक्सका बारेमा सोच्दछन् । जब पुरुष साथी मित्रतामा खरो उत्रन्छ तब उनीहरु सेक्सका विषयमा ध्यान दिन्छन् । तर अधिकांश पुरक्ष पहिलो भेटमै महिलाहरुसँग सम्बन्ध कायम गर्न आंतुर हुन्छन् । पुरुषहरु आकस्मिक सेक्समा विश्वास गर्दछन् ।
शोधकर्ता क्यारोलिन ब्रेडशाले कलेजका ७१ युवती र ७१ युवामा यो अध्ययन गरेका हुन् । शोधमा ४१ प्रतिशत युवतीले सेक्सभन्दा पहिला दिगो सम्बन्ध आफ्नो लागि अर्थ राख्ने बताएका थिए । यही २० प्रतिशत युवाले डेटिङ्गलाई महत्व दिए । अधिकांश युवाको भनाइ थियो–हामी आकस्मिक सेक्समा विश्वास राख्छौ । उनीहरु दीर्घ सम्बन्धलाई महत्व दिदैन थिए ।

यस अर्थमा महिलाहरु सेक्सभन्दा पहिला दीर्घ सम्बन्धको विषयमा सोच्दछन् तर पुरुष यो विषयमा अलग सोच राख्दछन् ।

No comments:

Post a Comment