Friday, March 29, 2013

बिहीबारको सेक्स सबैभन्दा उत्तम

बिहीबारको सेक्स सबैभन्दा उत्तम ! हुनत मान्छेले सामान्यतया तिथि तथा बार हेरेर र साइत जुराएर सेक्स गर्दैनन् । तर यदि सेक्सलाई फलदायी तथा प्रेमालापपूर्ण बनाउने हो भने अब दिन हेराएर मात्र सेक्स गर्नु उपयुक्त हुने देखिएको छ । हालै गरिएको एक अध्ययनले बिहीबारको बिहान सेक्स गर्नु सबैभन्दा उत्तम हुने तथ्य फेला पारेको छ । लण्डन स्कुल अफ इकोनोमिक्सका शोधकर्ताहरुले गरेको अध्ययनले यस्तो देखाएको हो । शोधकर्ताहरुका अनुसार बिहिबारको बिहान मानिसमा सबैभन्दा बढि सेक्स हर्मोन उत्सर्जन हुने र त्यस्तो बेला सेक्स गर्नु सबैभन्दा लाभदायक तथा मनोरञ्जक हुन्छ । बिहिबारको बिहान पुरुषमा टेस्टेस्टेरोन हर्मोन अन्य सबैअवस्थामा भन्दा बढि उत्सजर्न हुने र महिलामा ओस्ट्रोजेन हर्मोन ५ गुणा बढि उत्सर्जन हुने शोधकर्ताहरुको भनाइ छ । यस्तै अर्को अध्ययनले विश्वमा मंगलबारको दिन सबैभन्दा बढि बच्चा जन्मिने गरेको तथ्य पनि फेला पारेको छ । अमेरिकी शोधकर्ताहरुका अनुसार विश्वका विभिन्न देशका प्रसुति अस्पतालमा गरेकोसर्भेक्षणले मंगलबारका दिन सबैभन्दा बढि बच्चा जन्मिने गरेका छन् । यस्तै, रोग लागेर अस्पताल भर्ना हुने विषयमा पनि अब जोखाना हेर्नुपर्ने भएको छ । उपचारका लागि बुधबार अस्पताल भर्ना भएमा उपचार सफल हुने सम्भावना धेरै हुनेर आइतबार अस्पताल भर्ना भएमा रोग निको नहुने सम्भावना धेरै रहने अध्ययनले देखाएको छ ।

No comments:

Post a Comment